Comments Add Comment

सक्षमको सहयोगमा कैलालीमा जनता बैंकको शाखारहित बैंकिङ सेवा


२४ माघ, काठमाडौं । कैलाली जिल्लाका चाउमला, पहलमानपुर, राजीपुर, मसुरिया तथा हसुलिया गाविसमा सक्षमः एक्सेस टु फाइनान्सको सहयोगमा जनता बैंकले ५ शाखा रहित बैंकिङ्ग सेवा विन्दुहरू शुरु गरेको छ । यससँगै बैंकको शाखा रहित सेवा विन्दुहरूको संख्या १८ पुगेको छ ।

‘सक्षमले प्रदान गरिरहेको लागत तथा प्राविधिक साझेदारी मार्फत् बैंक तथा वित्तीय संस्थाले नेपालको ग्रामीण भेगसम्मे वित्तीय सेवालाई विस्तार गर्ने राष्ट्र बैंकको प्रतिवद्धतालाई पूरा गर्न सहयोग गरेको छ,’नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक विश्रुत थापाले भने ।

सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिएफआइडी नेपालकालागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment