Comments Add Comment

‘ब्लाइन्ड रक्स’ वेनिशाका लागि चुनौती र अवसर


नायिका वेनिशा हमालको करिअरमा केहि अवसर त आए । तर, ती अवसरलाई उनले सुदपयोग गर्न सकिनन् या उनलाई समयले साथ दिएन, हातमा आएका अवसरले उनलाई खासै फरक पारेन ।

चलचित्र ‘स्वर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी वेनिशाले बक्स अफिसको सफलताको स्वाद चाख्न पाएकी छैनन् । पछिल्लो रिलिज चलचित्र ‘किङ’ पनि बक्स अफिसमा आशातित सफल नभएपछि वेनिशालाई झट्का लाग्यो । त्यसअघि रिलिज भएका कुनैपनि चलचित्रले उनलाई सफलता दिलाएनन् ।

उनै, वेनिशाको मुख्य भूमिका रहने चलचित्र ‘ब्लाइन्ड रक्स’को छायांकन सुरु भएको छ । निकेश लिम्बुको निर्माणमा मिलन चाम्सले निर्देशन गर्ने चलचित्रको छायांकन सोमबारबाट सुरु भएको हो ।

यो बायोपिक कथामा निर्माण हुन लागेको चलचित्र हो । दृष्टिबिहिन भएर पनि ठूला उपलब्धी हासिल गरिसकेकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर यो चलचित्र बन्दैछ ।

बलिउड चलचित्रलाई हेर्ने हो भने, बायोपिक कथामा बनेका चलचित्रले बक्स अफिसमा कमालको व्यापार मात्र गरेका छैनन्, त्यसले कलाकारलाई ठूलो फाइदा पनि दिएको छ ।

यसैले, श्रृष्टीको बायोपिक चलचित्र बेनिशाका लागि अवसर र चुनौती दुबै हो । यो चलचित्रले वेनिशाको अभिनयको दम नाप्ने मात्र छैन, उनलाई चलचित्र क्षेत्रमा अर्को उचाइमा पुर्‍याउन पनि सक्छ । के वेनिशाले यो अवसरलाई सदुपयोग गर्न सक्लिन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment