Comments Add Comment

पल्सरका दुई नयाँ मोडल सार्वजनिक


२५ माघ, काठमाडौं । बजाजले आफ्नो पल्सर सिरिजमा दुई नयाँ स्वरुपका मोटरसाइकल सार्वजनिक गरेको छ । आरएस २०० र एनएस २०० लाई अपग्रेड गरी नयाँ मोटरसाइकल बजारमा ल्याइएको हो ।

यि दुबै बाइकले आफ्नो बर्गमा प्रतिस्पर्धी कम्पनीलाई निकै कडा टक्कर दिने अपेक्षा कम्पनीको छ । बीएस-आइभी प्रमाणित यी दुई मोटरसाइकलको मूल्य पनि सार्वजनिक गरिएको छ ।

आरएस-२००को मूल्य  भारतीय बजारमा १ लाख २१ हजार भारतीय रुपैयाँ तय गरिएको छ । एबिएससहित यो बाइक १ लाख ३३ हजार भारुमामा भारतमा उपलब्ध हुनेछ ।

यसैगरी एनएस-२०० को मूल्य ९६ हजार ४ सय ५३ भारतीय रुपैयाँ तोकिएको छ ।

नयाँ आरएस २०० एबिएस, फ्युल इन्जेक्सन, लिक्वीड कुलिङ, पेरिमिटर फ्रेम, र ट्वीन प्रोजेक्टर लगायतका फिचरबाट सुसज्जित छ ।

यो रेसिङ ब्लु र ग्र्याफाइट ब्ल्याक रंगमा उपलब्ध छ । यसको अधिकतम् गति १४१ किलोमिटर प्रति घण्टा रहेको बजाजले जनाएको छ ।


एनएस २०० पनि उच्च क्षमता भएको बाइक हो । लिक्वीड कुल्ड, फोर बल्ब, टि्रपल स्पार्क इञ्जिन भएको यो बाइक ग्रेफाइट ब्ल्याक, मिराज ह्वाइट, र वाइल्ड रेडमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment