Comments Add Comment

नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै


२५ माघ, काठमाडौं । नेपाली युवाहरुले विकास गरेको समाजिक सञ्जाल मोबइल एप ‘रेस्पेक्ट’ सार्वजनिक गर्ने को तयारी पूरा भएको छ । अब केही समयपछि नै यो समाजिक सञ्जाल एप्स सार्वजनिक हुनेछ ।

यो एण्ड्रोएड र आएओएस दुबै भर्सनमा आउनेछ । यो एपले विशेष गरी प्रयोगकर्ता र ब्यवसायीलाई जोड्नेछ । यसमा ब्यवसायीले आफ्ना उत्पादनहरुको ब्यवसायिक प्रवर्द्धन गर्नेछन् भने प्रयोगकर्ताले यसबापत प्रवर्द्धन भएका उत्पादनहरुमा विशेष छुट तथा अफरहरु प्राप्त गर्नेछन् ।

यसले ब्यवसायीहरुलाई आफ्नो सेवा तथा उत्पादनको प्रचारमा सघाउन पुर्‍याउने छ भने प्रयोगकर्ताले पनि यसको प्रयोगबाट लाभ उठाउन सक्नेछन् ।

सुरुवातमै यो एप नेपाली, अंग्रेजी र जापानी भाषमा आउनेछ भने विस्तारै अन्य भाषामा पनि यसलाई विस्तार गर्ने योजना छ ।

यसमा गैरनाफामूलक संस्थाले पनि आफ्ना काम र गतिबिधिको सशुल्क र निःशुलक प्रचारको अवसर प्राप्त गर्नेछन् । यसबाट विभिन्न समाजिक सञ्जालसाग पनि सम्बन्ध स्थापित गर्न सकिन्छ ।

यसले अहिले समाजिक सञ्जालमा घण्टौं बिताउँदा पनि प्रयोगकर्ताले केही नपाउने वातावरणको अन्त्य गर्दै उनीहरुलाई समेत केही लाभ दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment