Comments Add Comment

सिद्धार्थ बैंकको इएमभी चिप कार्ड प्रयोगमा

२५ माघ, काठमाडौं । सिद्धार्थ बैंकले डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी इएमभी चिप कार्डका रुपमा सञ्चालनमा ल्याएको छ ।

बैंकले अब ग्राहकहरुलाई इएमभी चिप कार्ड उपलब्ध गराउनेछ । हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्पि्रट डेबिट, क्रेडिट र पि्रपेड कार्डहरुलाई पनि इएमभी कार्डले प्रतिस्थापन गर्नेछ ।

विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै पुरानो प्रविधिको कार्डहरुमा रहेका कमीकमजोरीलाई हटाउन बैंकले नयाँ इएमभीकार्ड प्रविधि प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment