Comments Add Comment

रइस पाकिस्तानमा रिलिज हुने प्रतिक्षामा छिन् माहिरा

पाकिस्तानी अभिनेत्री माहिरा खानलाई आफू अभिनित बलिउड फिल्म पाकिस्तानमा कहिले रिलिज हुन्छ भन्ने तीव्र प्रतिक्षा छ । गत २५ जनवरीका दिन विश्वका धेरै देशहरुमा रिलिज भएको रइस पाकिस्तानमा भने चलेको छैन ।

समाचार एजेन्सी पिटिआइका अनुसार माहिराले शनिबार मुम्बईमा भिडियो कन्फेन्समार्फत मिडियालाई भनिन्, ‘मलाई आशा छ यो फिल्म चाँडै नै पाकिस्तानमा रिलिज हुनेछ किनकी संसारभरीका दर्शकहरु जस्तै पाकिस्तानका दर्शकहरु पनि यस फिल्मको तीव्र प्रतिक्षामा छन् ।’

पाकिस्तानमा बलिउड फिल्मको प्रदर्शनमाथि लगाइएको रोकलाई हालै त्यहाँको सरकारले हटाएको थियो ।

आफ्नो पहिलो हिन्दी फिल्मको प्रमोसनमा सहभागी हुन नपाउँदा निकै छट्पटिएकी थिइन् माहिरा । पाकिस्तानी कलाकारले अभिनय गरेको भनेर शिवसेनाका अध्यक्ष राज ठाकरेले फिल्म चल्न नदिने धम्की दिएपछि शाहरुख खानले माहिरालाई प्रमोसनबाट टाढा राखेका थिए ।

भिडियो कन्प|mेन्समा माहिराले शाहरुख खानसँगको पहिलो भेट आफूले कल्पना गरेअनुसारको नभएको भन्दै अफसोस प्रकट गरिन् । शाहरुखले उनलाई देख्नासाथ आफ्नो सिग्नेचर स्टाइलमा दुवै हात फैलाउनेछन र उनको सल हावामा लहराउनेछ भन्ने कल्पना माहिराले गरेकी रहिछन् । तर त्यस्तो केही भएन ।

रइसमा काम गर्दाको अनुभव सेयर गर्दै उनले भनिन्, ‘फिल्म साइन गरेपछि हामी एउटा फोटोसुट गरिरहेका थियौं । जब मलाई थाहा भयो कि शाहरुख आएका छन्, म दौडदै उनीसम्म गएँ र अभिवादन गरेँ ।

त्यतिबेला मैले सोचेको थिएँ कि शाहरुखले आफ्नो हात फैलाउनेछन्, हावा चल्नेछ, रुखबाट पत्ताहरु खस्नेछन् । तर मैले सोचेजस्तो भएन ।’

सो प्रेस कन्फ्रेन्समा शाहरुख पनि उपस्थित थिए । उनले माहिरालाई जवाफ दिए, ‘एउटा गीतको सुटिङमा मैले तिमीलाई बोकेको त थिएँ नी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment