Comments Add Comment

अब पुरुषका लागि गर्भनिरोधक जेल !

पुरुषका लागि गर्भनिरोधको अस्थायी साधनको रुपमा कण्डमको भरपर्दो विकल्प अहिलेसम्म छैन । तर वैज्ञानिकहरुले एउटा यस्तो जेल तयार पारेका छन्, जसले पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको विकल्प दिनेछ ।

पुरुषमा गर्भनिरोधको एक नयाँ प्रविधि बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । उक्त विधिमा एक विशेष जेल क्रिमका माध्यमबाट शुक्रकिटको प्रवाह रोकिन्छ ।

भेसल क्रिमलाई पुरुषको उक्त नलीमा हालिन्छ जहाँबाट शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुन्छन् ।

पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको छ र भाले बाँदरमा यसले सकारात्मक नतीजा दिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा उक्त जेलको परीक्षण गरेका थिए ।

आगामी केही वर्षमा यसलाई मानिसमा प्रयोग गर्न सकिने बताइएको छ । यदि मानिसमा गरिने परीक्षण पनि सफल भयो र उक्त क्रिमको प्रयोगलाई कानूनी समर्थन प्राप्त भयो भने यो भेसल जेल कण्डम बाहेकको पहिलो पुरुष अस्थायी गर्भनिरोधको साधन हुनेछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment