Comments Add Comment

निर्माता संघको टोलीले उद्योगमन्त्री समक्ष राख्यो यस्तो माग


नेपाल चलचित्र निर्माता संघका पदाधिकारीले उद्योगमन्त्री नविन्द्रराज जोशीलाई भेटेर नेपाली चलचित्रलाई सूचना तथा प्रविधिमा आधारित उद्योगमा राख्न माग गरेका छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको निर्माता संघको टोलीले उद्योगमन्त्री जोशीलाई भेटेर नेपाली चलचित्रको बर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

नेपाली चलचित्रलाई सरकारले सेवामुलक उद्योग अन्र्तगत राख्दै आएको छ । अध्यक्ष अधिकारीले चलचित्रको अवस्थाबारे जानकारी दिदै नेपाली चलचित्र उद्योगलाई प्राथमिकताको उद्योगमा समावेश गर्न आग्रह गरेका थिए ।

निर्माताहरुसँगको भेटमा मन्त्री जोशीले चलचित्र क्षेत्रको समस्या समाधानका लागि आफू निकै सकारात्मक रहेको भन्दै सूचना तथा संचार प्राधिकरणले नयाँ ऐन ल्याउन लागेको र नयाँ ऐनले सूचना उद्योग अन्र्तगत गरिने काम प्राइभेट रुपमा गर्न नमिल्ने व्यवस्था गर्न लागेको जानकारी गराएका थिए । अध्यक्ष अधिकारीले आफूहरुको मागको बिषयमा मन्त्री जोशी सकारात्मक भएको प्रतिक्रिया दिए ।

मागपत्र पेश गर्नका लागि अध्यक्ष अधिकारीसँगै उपाध्यक्ष गोविन्द शाही, सदस्यहरु निकिता पौडेल, अर्जुन कुमार, भानुप्रताप, रौनकबिक्रम कँडेल उद्योग मन्त्रालय गएका थिए ।
अध्यक्ष अधिकारीले चाँडै नै सञ्चारमन्त्रीलाई पनि भेटेर बक्स अफिस र चलचित्र नीतिका सम्बन्धमा पनि दबाब दिने बताएका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment