Comments Add Comment

हेटौंडामा छात्राबास खोलेर स्पेनिस चेली आईनाले फेरि जगाईन् ‘नयाँ आशा’

स्कुलको निर्माणधीन नयाँ भवन

बार्सिलोना । बौद्धिक अपांगता तथा मानसिक पक्षघात भएका बालबालिकाहरुका लागि ‘आशा स्कुल’ खोलेर सामाजिक सेवा गर्दै आएकी स्पेनिस चेली आईन बार्काले फेरि अर्को नयाँ आशा जगाएकी छन् । दुर्गम गाउँहरुमा रहेका बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई लक्षित गर्दै स्कुलसँगै छात्राबास समेत खोलेर उनले नयाँ आशा जगाएकी हुन् ।

मकवानपुरको हेटौंडा नगरपालिका-६ गौरीघाटमा बौद्धिक अपांगता भएका बालबालिकाहरुले ‘आशा स्कुल’मा अध्ययन गरिरहेका छन् । अब वालबालिकाहरुलाई छात्राबास समेत ब्यबस्था भएपछि झनै ब्यबस्थित हुने छ । दुर्गम गाउँ तथा घरमा राम्रो हेरचार हुन नसक्ने अबस्था रहेका अशक्त बालबालिकाहरुलाई छात्राबासमा राखिने हेटौंडाली परिबारले जनाएको छ ।

आईनाले छात्राबास सुरु गरेपछि भनिन्, ‘हेटौडा बजारमा रहेका बालबालिकाहरु भने स्कुल मात्र आउँछन् र आफ्नो अभिभाबकसँग नै बस्नेछन् । तर दुर्गम ठाउँमा रहेका बालबालिकाहरु जो स्कुल आउँन सक्दैनन्, उनीहरुलाई लक्षित गरेर नै छात्राबास सुरु गरेका हौं । १२ जना क्षमता भएको छात्राबासमा हाल ९ जना बालबालिका बस्न थालिसकेका छन् ।

आशा स्कुलमा अहिले २७ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन् । स्कुलमा आउँन धेरै बालबालिकाहरु ईच्छुक रहेकाले नयाँ भबन बन्ने क्रममा रहेको आईनाले जानकारी दिइन् । उनले भनिन्, ‘अब करिव ४-५ महिनाभित्र नयाँ भबन पनि बनिसक्ने छ, त्यसपछि हामीले ५५ जना बालबालिकाहरुलाई पढाउँने क्षमता राख्ने छौ । आशा गरौं अब छिट्टै नै अन्य बालबालिकाहरुलाई पनि पढाउँन पाउँने छौं ।’

निर्माणधीन भवनमा ४ बटा कक्षासहित फिजियोथेरापीका लागि २ बटा छुट्टै कोठाहरु हुने छन् भने किचन, डाईनिङ्, शिक्षक तथा कार्यलयकक्षको छुट्टै व्यबस्था रहने छ ।

हाल खोलिएको छात्राबासबारे आईनाले थप प्रष्ट पारिन्, ‘अहिलेको छात्राबास दिर्घकालिन हैन, भाडा तिरेर संचालन गरेका हौं तर हाम्रो आˆनै होस् भन्ने चाहान्छौ । पहिले स्कुलका लागि भवन बनाउँने काम सकियोस्, त्यसपछि आफ्नै व्यवस्थित छात्राबास कसरी बनाउँने ? भन्नेबारे सोच्ने छौ । जबकि दुर्गम ठाउँका अन्य धेरै बालबालिकाहरुलाई ल्याएर पढाउँन सकियोस् ।’

केहि हप्ताअघि मात्र गैरआबासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरुले समेत स्कुलका लागि बस किन्नको लागि १३ लाख रुपैयाँ सहयोग गरेका थिए । हेटौडाली परिबारकी संस्थापक आईनाले डेनमार्कको कोपेनहेगनमा सम्पन्न युरोपेली बैठकमा आफूले संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि १३ लाख रुपैयाँ अपुग रहेको भन्दै सहयोगको अपिल गरेपछि अभियन्ताहरुले सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment