Comments Add Comment

ट्रम्पलाई ठूलो झड्का, यात्रा प्रतिवन्ध कायमै राख्ने प्रयास असफल

२८ माघ, काठमाडौं । सात मुस्लिम बहुल देशका नागरिकमाथि यात्रा प्रतिवन्ध कायमै राख्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको अपील कोर्टले झड्का दिएको छ ।

राष्ट्रपति ट्रम्पले २७ जनवरीमा एक कार्यकारी आदेश जारी गर्दै मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए ।

तर, सिएटलको एक अदालतले ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगायो । यसविरुद्ध ट्रम्प प्रशासनले पुनरावेदनमा चुनौती दिएको थियो । त्यहाँ पनि झड्का लागेको छ । र, यात्रा प्रतिवन्धमाथिको रोक कायमै रहृयो ।

ट्रम्पका लागि यो ठूलो झड्का हो । अदालतले प्रष्ट भनेको कि यो फैसला अमेरिका संवैधानिक एवं लोकतान्त्रिक मूल्य विरुद्ध छ ।

साथै ट्रम्पले प्रतिवन्ध लगाउन खोजेका सात मुस्लिम देशबाट खतरा रहेको प्रमाण नपुगेको अदालतले भनेको छ ।

ट्रम्पले यो फैसलालाई राजनीतिबाट प्रेरित भनेका छन् । तर, उनको यो तर्कसँग धेरै मानिस सहमत छैनन् ।

यो फैसला गर्ने इजलासमा दुई डेमोक्रेटिक र एक रिपब्लिकनप्रति झुकाव भएका न्यायाधीश थिए । तर, इजलासले सर्वसम्मत रुपमा नै निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment