Comments Add Comment

बुझ्नुस् बीमाको लाभः सबै योजनामा जीवन बीमा गरेको पैसा दोब्बर हुँदैन

जीवन बीमा भनेको बीमित (बीमा गरेको व्यक्ति)को मृत्युपछि उसको परिवारले पाउने एउटा आर्थिक सुरक्षाको साधान हो । बीमित जीवत भएमा बीमा अवधिपछि रकम फिर्ता पाउने भएकाले जीवन बीमा गरेको रकमलाई बाध्यकारी बचतको रुपमा पनि लिइन्छ । तर, कतिपय बीमा अभिकर्ताहरुले तपाईलाई बीमा गरेको रकम दोब्बर/तेब्बरसम्म पनि हुने बताएका हुन सक्छन् । यस्तो कुरामा पूर्ण विश्वास गर्न सकिँदैन ।

कतिपयले यही भनाइलाई मात्र आधार मानेर बीमा गर्ने र त्यसो नहुँदा बीमाबाट हुने लाभलाई पनि अवमूल्यन गर्ने गरेको पाइन्छ । अर्कोतर्फ, दोब्बर/तेब्बर लाभ हुने आशमा कतिपयले आफ्नो क्षमताले भ्याउनेभन्दा पनि बढी रकमको बीमा गर्ने र बाषिर्क वा मासिक किस्ता तिर्न समस्यामा पर्ने गरेको पनि भेटिन्छ ।

बीमा आर्थिक सुरक्षाका लागि गर्ने हो, न कि तनावका लागि । त्यही भएर बीमाबारे केही कुरा बुझ्नैपर्ने हुन्छ । बीमा गरेको कागजात सम्झौतामा धेरै कुरा लेखिएको हुन्छ । त्यस्ता कुरा पढेर, बुझेर मात्र बीमा सम्झौता गर्नुपर्छ ।

जीवन बीमा पोलिसीमा पनि विविध योजनाहरु हुन्छन् । योजना अनुसार शर्तहरु पनि फरक हुन्छन् । प्राय सबै जीवन बीमा योजनाको लागि कम्पनीहरुले बोनस दर घोषणा गर्छन् । जीवन बीमा गरेको रकम तपाईको बचत जस्तै हो भने बोनस भनेको त्यसमा प्राप्त हुने प्रतिफल ।

जीवन बीमा कम्पनीहरुले बीमितबाट उठाएको मासिक किस्ता बैंकमा निक्षेपका रुपमा राख्ने, अल्पकालीन रुपमा सेयर बजारमा लगानी गर्ने लगायतबाट आम्दानी गर्छन् । बीमा कम्पनीहरुले कतिपय योजनामा बीमितलाई उसको जम्मा भएको रकमको ९० प्रतिशत कर्जासमेत दिने गर्छ, यस्तो कर्जाको व्याजबाट पनि आम्दानी हुन्छ ।

बीमा आर्थिक सुरक्षाका लागि गर्ने हो, न कि तनावका लागि । त्यही भएर बीमाबारे केही कुरा बुझ्नैपर्ने हुन्छ । बीमा गरेको कागजात सम्झौतामा धेरै कुरा लेखिएको हुन्छ । त्यस्ता कुरा पढेर, बुझेर मात्र बीमा सम्झौता गर्नुपर्छ ।

कम्पनीले पाउने सबै पुँजी स्रोतमा उसले तिर्न पर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् । मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १० रुपैयाँ उब्रन्छ भने त्यो १० रुपैयाँ मध्ये ९ रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल -बोनस दर) दिनुपर्छ । बाँकी १ रुपैयाँ सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश) पाउँने हो ।

कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गरेका हुन्छन् । कम्पनीले बीमांक रकम -बीमा गरिएको कुल रकम) को प्रतिहजारको दरमा बोनस घोषणा गरेका हुन्छन् । हाल सबैभन्दा उच्च बोनस दर नेपाल लाइफ इन्स्योरेन्सको छ । त्यसैले नेपाल लाइफको एउटा बीमा योजनालाई नै यहाँ उदाहरणका रुपमा लिइएको छ ।

नेपाल लाइफको जीवन सम्वृद्धि योजनामा निश्चित अवधि तोकिएको छ । मानौं कसैले १५ वर्षको सम्मको लागि कुल १ लाख रुपैयाँ (बीमांक रकम) को बीमा गरेको छ । कम्पनीले बिभिन्न बीमा योजनामा न्यनत्तम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दर तोकेको छ । हुनतः हरेक वर्ष यो बोनस दर परिवर्तन भने हुन्छ ।

तर, यहाँ हिसाबका लागि मानौं, माथि उल्लेख गरेको बीमांक रकममा हरेक वर्ष कम्पनीले प्रतिहजार ६५ रुपैयाँ बोनस दर दिने घोषणा गरेको छ । यसको मतलब अब तपाईको १५ बर्षमा जम्मा हुने कुल बीमांक रकम १ लाखमा बाषिर्क ६ हजार ५ सय रुपैयाँको दरमा बोनस हुन्छ ।

बार्षिक  ६ हजार ५ सय रुपैयाँ बोनसले हिसाब गर्दा १५ वर्षमा तपाईको बोनसबाट मात्रै ९७ हजार ५ सय रुपैयाँ हुन्छ । यो बोनस रकम भने तपाईले १५ वर्षपछि एकमुष्ट रुपमा पाउँनु हुनेछ । कम्पनीको यही योजनामा अगि्रम भुक्तानी सुविधा पनि दिएको छ । कम्पनीले तपाईको कुल बीमांक रकमको पहिलो ४ वर्षमा ३० प्रतिशत रकम फिर्ता गर्छ । ८ वर्षमा अर्को ३० प्रतिशत र १२ वर्षमा बाँकी ४० प्रतिशत भुक्तानी गर्छ ।

हाल जीवन बीमा कम्पनीहरुले बीमा योजनाअनुसार प्रतिहजार ३० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दर घोषणा गरेका छन् । ग्राहकले जहिले पनि कम्पनीले दिँदै आएको बोनस दर हेरेर मात्रै बीमा गर्नु सही हुन्छ ।

१२ वर्षमा तपाईले आफूले बीमा गरेको रकम १ लाख किस्ताबन्दी रुपमा फिर्ता पाइसक्नुहुन्छ भने बोनस वापत हुने ९७ हजार अन्त्यमा पाउनुहुन्छ । यसरी हेर्दा तपाईको रकम लगभग दोब्बर (१ लाख ९७ हजार) हुन्छ । तर, यहाँ याद गर्नुपर्ने कुरा के हो भने हरेक वर्ष बोनस दर उही नहुने भएकाले कुल ९७ हजार रुपैयाँ नै प्रतिफल नआउन सक्छ । नेपाल लाइफकै पनि ०५९ सालमा बोनस दर प्रतिहजार ३७ देखि अधिकत्तम ६५ रुपैयाँसम्म रहेको थियो । प्रति हजार ३७ रुपैयाँ बोनस भएको वर्ष ग्राहकले कुनै योजनामा ३ हजार ७ सय रुपैयाँ मात्रै पाएको छ । त्यस्तै, बीमा कायम रहने अवधिले पनि यस्तो प्रतिफल फरक पर्न जान्छ ।

हाल जीवन बीमा कम्पनीहरुले बीमा योजनाअनुसार प्रतिहजार ३० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दर घोषणा गरेका छन् । ग्राहकले जहिले पनि कम्पनीले दिँदै आएको बोनस दर हेरेर मात्रै बीमा गर्नु सही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment