Comments Add Comment

२४ घन्टामै साढे ५ लाख पटक हेरियो हेमन्तको ‘साइली’


लामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको छ । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ ।

गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन जितेका छन् ।

अडियोमै हिट भएको यो गीतको भिडियोले नयाँ रेकर्ड राखेको छ । युटुबमा यो गीत २४ घन्टमै साढे ५ लाख भन्दा बढीले हेरेका छन् । यस्तो रेकर्ड कमै मात्र गीतले राख्ने गरेका छन् ।

यो गीतको भिडियो सार्वजनिक भएसँगै यो नेपालमा नम्बर १ को ट्रेन्डिङमा पनि छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द छ ।

गीतको भिडियोलाई हेमन्त राना आफैले निर्देशन गरेका हुन् । भिडियोमा गौरव पहारी र मेनुका प्रधानले मोडलिङ गरेका छन् । गीतको शब्द, हेमन्तको गायकी र गीतको मेलोडी उत्कृष्ट छ । जसले गर्दा पनि यो गीतले छोटो समयमै यति धेरै चर्चा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment