Comments Add Comment

धनगढीको इनभेष्टमेण्ट बैंकबाट २४ लाख रुपैयाँ गायब

१ फागुन, कैलाली । धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट करिब २४ लाख रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बैंकले घटनालाई लुकाउन खोजे सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैंकका ३ जना कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रमा लिइएको बताए । उनल अनुसन्धान भइरहेको भन्दै थप जानकारी सार्वजनिक गर्न चाहेनन् ।

बैंकबाट रकम गायब भएको जानकारी पाएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेय शनिबार नै हेलिकप्टर चार्टर गरेर धनगढी पुगेका थिए । उनले बैंकका कर्मचारीहरुसँग सोधपुछ गरिरहेको बैंकका एक कर्मचारीले जानकारी दिए ।

आइतबार विहान बैंक खोल्नु पर्ने भएपछि कसरी उक्त कुरा भित्रभित्रै मिलाउन सकिन्छ भनेर बैंक प्रशासन लागि परेको बैंकका एकजना कर्मचरीले नाम नबताउने शर्तमा बताए ।

पैसासँगै बैंकको चाबी समेत गायब पारिएको छ । चाबी गायब भएपछि कर्मचारीले ताला काटेर बैंकको सटर खालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment