Comments Add Comment

भिडियो सार्वजनिक गर्दै रामकृष्णले निलमलाई भने-‘आई लभ यू'(भिडियो)

श्रृङ्गारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने
फूलले बास्ना सापटी माग्ने, चन्दनले छुँदा दाग लाग्ने
यस्तो को हो तिमी, यस्तो को हौ तिमी…

माथि उल्लेखित हरफहरु गायक रामकृष्ण ढकालको नयाँ गीतमा समावेश छन् । प्रेम दिवसको अवसर पारेर आज आयोजित पत्रकार सम्मेलनमा गीतको भिडियो सार्वजनिक गरिएको छ ।

‘श्रृङ्गारलाई पनि लाज लाग्ने’ बोलको गीतमा गायक रामकृष्ण ढकालको आवाज छ । यो गीतमा दावा गुरुङको संगीत, मनिष बशिष्टको शब्द छ । सुमित बिश्वकर्माको गीतमा एरेन्ज छ ।

यो गीतको भिडियोमा रामकृष्णकी धर्मपत्नी निलम शाह ढकालको मोडलिङ छ । उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन् । निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

गायक ढकालले यो गीत प्रेम दिवसलाई लक्षित गरेर तयार पारिएको बताएका छन् । कालिञ्चोकको हिउँमा खिचिएको यो भिडियो दृश्य मनमोहक छ । भिडियो हेरेपछि उपस्थित पत्रकार तथा संगीतकर्मीहरुले यसको हरेक पाटो उत्कृष्ट रहेको बताए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका संगीतकार शम्भुजित बास्कोटाले रामकृष्णलाई ‘स्वर रत्न’को उपाधी दिएका थिए ।

कार्यक्रममा गायक रामकृष्ण ढकालले पत्नी निलम ढकाललाई फूल दिदै ‘आई लभ यू’ भनेका थिए । भ्यालेन्टाइन डे र यो सुखद पल भन्दा ठूलो अवसर आफ्ना लागि अर्को नभएको ढकालको भनाई थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment