Comments Add Comment

११औं पोखरा म्याराथन शनिबार हुने 

५ फागुन, पोखरा । पर्यटकीय शहर पोखरामा आगामी शनिबार सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुने भएको छ ।

भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा ११औं संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए ।

शुक्रबार साँझसम्म नाम दर्ता गर्न सकिने म्याराथनमा करीब ४ हजार प्रतिष्पर्धीले भाग लिने अपेक्षा गरिएको उनले बताए । ४२.१९५ मिटर म्याराथनमा करीब १२५ जनाले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

त्यस्तै, छात्र/छात्रा ५ किलोमिटर दौडमा करीब २ हजार, रन फर फनमा करीब २ हजार ५ सय तथा अपाङ्गताहरुको हृविलचेयर दौडमा करीब ५० जनाले भाग लिने अनुमान गरिएको रानाभाटले बताए ।

उनका अनुसार म्याराथनमा दौडनका लागि हालसम्म नेपाली खेलाडीहरु ५५ जना पुरुष र ६ जना महिला तथा एक स्पेनिस खेलाडीले नाम दर्ता गराईसकेका छन् । त्यस्तै छात्र दौडमा ८ सय, छात्रा दौडमा ६ सय तथा रन फर फनका लागि १ हजार ६ सयले नाम दर्ता गराइसकेका छन् ।

शनिबार विहान ७ बजे पोखरा रंगशालाबाट शुरु हुने म्याराथन पृथ्वीचोक, छोरेपाटन, विरौटा, राष्ट्रवैंकचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, सिद्धार्थचोक, मोहरियाटोल, विन्ध्यबासिनी, बगर, लामाचौर, बाटुलेचौर, उपल्लो दीप, तल्लो दीप, पुनः बगर हुँदै नदीपुर, महेन्द्रपुल, हस्पिटलचोक, अमरसिंहचोक, बिजयपुर, लेखनाथचोक, औद्यौगिक क्षेत्र, इन्द्रचोक हुँदै पुनः रंगशालामा आएर टुंगिनेगरी रुट तय भएको मञ्चका सचिव हरिप्रसाद पराजुलीले जानकारी दिए ।

लक्ष्मी हाउसको उत्पादन सफल दुधको प्रायोजनमा हुने प्रतिस्पर्धा अन्तर्गत म्याराथन बिजेताले नगद ६० हजार, उपबिजेताले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment