Comments Add Comment

राप्रपाको केन्द्रीय सदस्य बन्न कोमलले छाडिन् रेडियो नेपालको जागिर


विगत २० बर्षदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका कोमल वलीले अन्ततः सरकारी जागिर छाडेकी छिन् । उनले मंगलबार राजीनामा बुझाएको अनलाइनखबरसँग बताइन् ।

कोमल अहिले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा प्रवेश गरेर राष्ट्रिय राजनीतिमा आउने तयारीमा छिन् । केहि समय अगाडि, कोमललाई रेडियो नेपालको प्रशासनले स्पष्टिकरण समेत सोधेको थियो ।

कुनै, व्यक्तिले ‘हेल्लो सरकार’मा रेडियो नेपालमा काम गरिरहेको मानिसले राजनीति गर्न पाइन्छ भनेर ट्विट मार्फत प्रश्न गरेका थिए । त्यसपछि, संचार मन्त्रालयले रेडियो नेपालको प्रशासनसँग यसको जवाफ मागेको थियो । रेडियो नेपालको प्रशासनले कोमललाई स्पष्टिकरण सोधेको थियो ।

यस बिषयमा कोमलले भनिन्-‘हो, मैले रेडियो नेपालबाट राजीनामा दिएकी छु । अब, म राप्रपाको केन्द्रीय सदस्यको उम्मेदवारी दिदैछु । यसैले, राजनीतिमा पूरा समय दिने उद्देश्यले रेडियो नेपालको जागिर छाडेकी हुँ ।’

कोमल वलीले आफ्नो गायकी भने नछाड्ने बताएकी छिन् । उनी वि.सं २०५३ सालदेखि रेडियो नेपालमा समाचार बाचिकाको रुपमा कार्यरत थिइन् । भूकम्पको समयमा रेडियो नेपालमा दिनरात नभनी कोमलले जनतालाई सुसूचित गराउने काम गरेकी थिइन् । तर, राप्रपाको राजनीतिले कोमललाई रेडियो नेपालबाट राजीनामा दिन वाध्य बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment