Comments Add Comment

ट्रकको ठक्करबाट बालाजुमा २ महिलाको मृत्यु, चालक फरार

६ फागुन, काठमाडौं । ट्रकको ठक्करबाट बालाजु माछापोखरीमा आज दुर्इ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

एकै दिशाबाट आइरहेका ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले स्टुकरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुर्इ महिलाको मृत्यु भएको हो ।

बालाजु बृतका डीएसपी सन्तोष तामाङका अनुसार माछापोखरीबाट तीव्र गतिमा बालाजुर तर्फ आइरहेको ट्रकले अगाडी रहेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पछाडी बसेकी रिनाकुमारी राई सडकमा पछारिएकी थिइन । ट्रकले राईलाई त्यहीँ किचेको थियो ।

स्कुटर र मान्छे ढलेपछि चालक ट्रक छाडेर भागेको डीएसपी तामाङले बताए । ड्राइभर विनाको ट्रक गुडेर स्कुटर चलाउने सोनिया थापा मगरलाई किचेको थियो ।

दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

ट्रक छोडेर फरार हेटौंडाका सन्जिव लामाको खोजी भैरहेको डीएसपी तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment