Comments Add Comment

प्रचण्डलाई कमल थापाको प्रस्तावः अब अर्को चमत्कार गरौं

राजसंस्थासँग नझस्कन गणतन्त्रवादीहरुलाई आग्रह

६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासँग नझस्कन गणतन्त्रवादीहरुलाई आग्रह गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डसामू उनको आमुल परिर्वतन र आफूहरुको परम्परागत मूल्य मान्यताबीच सामजश्यता खोज्ने प्रस्ताव राखे ।

पार्टीको एकता महाधिवेशनलाई सम्बोधनका गर्दै थापाले राष्ट्रियताका लागि सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । थापाअघि महाधिवेशनको शुभाकमना दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई राप्रपासँग सहकार्य गरौं गरौं, लाग्ने भन्दै टाढा नजान आग्रह गरेका थिए ।

राप्रपा अध्यक्ष थापाले प्रचण्ड र आफ्नो देशलाई बलियो बनाउनुपर्छ भन्ने समान मान्यता रहेको बताए ।

०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाले प्रजातन्त्रवादीहरु पञ्चसँग नझस्क, पञ्चहरु प्रजातन्त्रवादीहरुसँग नतर्स भनेको स्मरण गर्दै उनले भने, म भन्न चाहन्छु, गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजसंस्था पक्षधरहरु गणतन्त्रवादीहरु नतर्स ।’

गणतन्त्र यथार्थ बनिसकेको भन्दै उनले राजसंस्थासहितको लोकतन्त्रको प्रस्ताप अघि सारे । १० वर्षे जनयुद्धको कमाण्डर प्रचण्डका विलक्षण प्रतिभा रहेको र धेरै चमत्कार गरेको भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘अब अर्को एउटा चमत्कार आवश्यक छ । तपाई -प्रचण्ड) को विद्रोह र मेरो/हाम्रो परम्परागत मूल्य मान्यताबीच सामजश्यता कायम गरौं ।’

[sam_list] संविधानमा धेरै कमजोरी रहेको र प्रमुख दलहरुले यसमा संशोधन गर्ने बाचा गरेको भन्दै त्यो पुरा नगरे बेइमानी हुने बताए । प्रमुख दलहरुको अकर्मन्यताका कारण अझैसम्म मधेसको समस्या समाधान हुन नसकेको उनले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।

तर, अहिले सरकारले ल्याएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले समर्थन गर्न नसक्ने बताए ।

थापाले अब भने चुनाव घोषणा गर्नु पर्ने बताए । सरकारले चुनाव घोषणा गरे समर्थन गर्ने पहिलो दल राप्रपा हुने भन्दै उनले मधेसका समस्यालाई पनि सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment