Comments Add Comment

लोपोन्मुख समुदायका विद्यार्थीका लागि छात्रवृत्ती प्रदान


६ फागुन, काठमाडौं । लोपोन्मुख आदिवासी/जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा विशेष टेवा पुर्याउने उद्धेश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्थापना गरेको रा.वा.बैंक स्वर्ण जयन्ती छात्रवृत्ती आज एक समारोहका बीच बैंक संचालक डा.रामदेव सिंहले प्रदान गरे ।

सो अवसरमा संचालक डा.सिंहले बैंकको संस्थागत सामाजीक जीम्मेवारी अन्तर्गत सो छात्रवृत्ती प्रदान गरिएको जानकारी दिदै विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि शुभकामना दिए । बैंकले यस किसिमको छात्रवृत्ती गत वर्षदेखि दिइदै आइरहेको छ ।

देशभरका विभिन्न कलेजमा अध्ययनरत लोपोन्मुख आदिवासी÷जनजाती समुदायका ६ जना विद्यार्थीहरुलाई कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनका लागि सो छात्रवृत्ती प्रदान गरिएको हो ।

कक्षा ११ र १२ अध्ययनका लागि धर्मराज पथ्थरकट(कुशवाडीया)का लागि मासीक रु ३,५ सयका दरले दुई वर्ष सम्म बैंकले छात्रवृत्ती प्रदान गरेको छ । त्यसैगरी मासीक रु ५ हजारका दरले तीन वर्ष सम्म स्नातक तह अध्ययन गर्नका लागि कृष्णगोपाल हायु, प्रविन्द्र राजी, विपुल मेचे चौधरी, मेनुका हायु र राजाराम राजीलाई छात्रवृत्ती प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment