Comments Add Comment

जब भूतले छोरीलाई छोरो बनाइदियो…

यो कुरा सुन्दा जति अनौठो लाग्दछ, पत्याउन पनि उत्ति नै मुस्किल पर्छ । फिल्म तथा कथाहरुमा त भूतका किस्साहरु खुबै हेर्नुभएको तथा सुन्नुभएको होला । तर वास्तविक जिवनमै भूतले केटीलाई केटा बनाइदिएको घटना यदि सुन्नुभयो भने !

 

बंगलादेशमा हालै एउटा यस्तै अपत्यारिलो घटना सार्वजनिक भयो । बंगलादेशी भूत मान्छेको लिंग परिवर्तन गरिदिन समेत माहिर रहेछ । एक बालिकाको परिवारको दाबी पत्याउने हो भने भूतले ती बालिकालाई बालक बनाइदियो ।

बंगलादेशको एक दुर्गम गाउँमा रहेको एउटा परिवारले गाउँभरी यस्तो अफवाह फैलायो की घरकी एउटी छोरीलाई भुतले छोरो बनाइदियो । अझ रोचक त के भने उक्त परिवारले आफ्नो दाबी प्रमाणित गर्नका लागि छोरीको जिउमा नक्कली लिंग पनि टाँसिदिए ता की गाउँलेहरुले पत्याउन् र बेवकुफ बनुन् । हल्ला फैलिएसँगै भुतले केटा बनाइदिएको भनिएकी ती बालिकालाई हेर्न गाउँलेहरुको भीड नै लाग्यो ।

जब पुलिसले त्यो कुरा थाहा पायो त पुलिसलाई शंका लाग्यो । पुलिसले ती बालिकालाई लिएर अस्पताल गयो । अस्पतालमा ती बालिकाको चेकअप गर्दा त सबै अचम्ममा परे । ती बालिकालाई भुतले लिंग परिवर्तन गरिदिएको नभै उनकै बाउआमाले उनको कम्मरमा नक्कली लिंग टाँसिदिएका रहेछन् । यस्तो अफवाह फैलाउने उक्त परिवारका ३ सदस्यलाई पुलिसले पक्राउ गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment