Comments Add Comment

यस्तो विचित्र गाउँ, जहाँ नांगै बस्छन् गाउँलेहरु

नांगै बस्ने मानिसहरु भन्ने बित्तिकै जंगली युगका मानिसहरु तथा वर्तमान युगमा समेत विभिन्न फिरन्ते आदिवासी समुदाय सम्झिइन्छ । तर बेलायत जस्तो विकशित देशका मानिसहरु समेत नांगै हिँड्ने, बस्ने जंगली स्वभावका मानिस भन्दा फरक रहेनछन् । बेलायतमा एउटा यस्तो गाउँ छ जहाँका मानिसहरु पछिल्लो ८५ वर्षदेखि नांगै बस्दै आएका छन् ।

 

हार्टफोर्डशायरस्थित बि्रकेटवुड नजिकै रहेको स्पीलप्लाज नामक त्यो विचित्र गाउँ सन् १९२९ मा पत्ता लागेको हो । उक्त गाउँका मानिसहरुले त्यसयता प्रकृतिको नजिक रहेर प्राकृतिक रुपमा रहने बस्ने निर्णय गरेका छन् । १२ एकड क्षेत्रफलमा फैलिएको उक्त गाउँमा ५५ घर छन् । गाउँलेहरुको आफ्नै पब, स्विमिंग पुल, घर बंगला तथा खानपिनको व्यवस्था रहेको छ ।

उक्त गाउँमा ठूलो संख्यामा पर्यटक आउँछन् । गाउँमा आउने पर्यटकहरुले पनि गाउँले झैँ नांगै बस्नु पर्दछ । गाउँकै नियमानुसार रहनु पर्दछ ।

यद्यपि गाउँका मानिसहरुलाई चिसोमा भने कपडा लगाउने छुट छ । तर न्यानो मौसममा भने कपडा लगाउनै पाइँदैन । हेरौँ नांगो गाउँका केही दृश्यहरु एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment