Comments Add Comment

नाति-नातिनी देख्न चाहनुहुन्छ ? मासु खानुस्

शाकाहारीहरुका लागि दुखको खबर छ । यदि तपाइँ नाति नातिनी देख्न चाहनुहुन्छ भने मासु खानुपर्ने हुन्छ । हालै भएको एक नयाँ अनुसन्धान अनुसार शाकाहारी पुरुषबाट जन्मिएका बच्चाहरुको प्रजनन क्षमता कमजोर हुन्छ । पुरुषले खाने खानेकुराले उसका बच्चाबच्चीहरुको प्रजनन क्षमतामा गम्भीर प्रभाव पार्ने तथ्य पत्ता लागेको छ ।

झिँगामा गरिएको अध्ययनले प्रोटिन खान नपाएको झिँगाले जन्माएका बच्चाहरुको प्रजनन क्षमता कमजोर हुने र त्यस्ता झिँगाबाट नयाँ झिँगा जन्मिन कठीन हुने देखाएको छ ।

 

खासगरी मासुमा प्रसस्त पाइने अत्यावश्यक पोषक तत्वको कमी हुँदा त्यसले त्यस्ता पुरुषबाट जन्मिने बच्चाको प्रजनन क्षमता कमजोर बनाइदिन्छ । अझ शाकाहारी पुरुषबाट जन्मिएका छोराहरुमा यसको असर बढी  देखिने र उनीहरुको शुक्रकिट निकै सुस्त हुने तथा प्रजनन गर्न कठीन हुने ठम्याई शोधकर्ताहरुको छ ।

अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका शोधकर्ताहरुले झिँगामा प्रोटिनको असरको अध्ययन गरेका थिए । फ्रुट फ्लाई नामक झिँगालाई दुई समूहमा विभाजन गरी एउटालाई उच्च प्रोटिनयुक्त खानेकुरा दिइयो भने अर्कोलाई प्रोटिन कम खुवाइयो ।

तत्पश्चात ती झिँगाहरुले गर्ने प्रजननको विश्लेषण गरियो । उच्च मात्रामा प्रोटिन खुवाइएका झिँगाहरुले धेरै सन्तान उत्पादन गरे जसको प्रजनन क्षमता पनि ससक्त थियो ।

शोधकर्ताहरुका प्रोटिन कम खुवाइएका भाले झिँगाबाट जन्मिएका भाले झिँगाहरुको शुक्रकिट निकै कमजोर थियो । जसले प्रोटिन उच्च मात्रामा खाएका झिँगाका सन्तानको शुक्रकिटसँग प्रतिस्पर्धा गर्न सकेन । कुनैपनि पोथी झिँगाले छोटो समयमै धेरै भालेसँग सहवास गरेको हुन्छ र त्यस क्रममा जुन भालेको शुक्रकिट बलियो छ, त्यसैले डिम्बसँग मिलान भई प्रजनन गराउँछ ।

यो तथ्य मानिसमा पनि लागू हुने निष्कर्ष वैज्ञानिकहरुको छ । यद्यपि यसको मानिसमा हुने प्रभावका बारेमा अध्ययन गर्न बाँकी नै छ । झिँगामा गरिएको यो अध्ययन बायोलोजी लेटर्स नामक जर्नलमा छापिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment