Comments Add Comment

यस्तो देखियो रेखा र कोमलको चुनावी माहोल (भिडियो रिपोर्ट)

चर्चित सेलिब्रेटीदेखि यमबुद्धका पितासम्म चुनावी मैदानमा

काठमाण्डौको भृकुटीमण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन चलिरहेको छ । एकता महाधिवेशनबाट नयाा नेतृत्व चयन गरिनेछ । तर, नेपाली चलचित्र र सांगीतिक क्षेत्रका चर्चित कलाकारदेखि गायिकासम्म चुनावी मैदानमा होमिएपछि, राप्रपाको निर्वाचन अझ रोचक बनेको छ ।

हेर्नुहोस्, भिडियोमा रेखा र कोमलको चुनावी रौनक

गायिका कोमल वली र नायिका रेखा थापा केन्द्रीय सदस्यमा चुनाव लड्दैछन् । यसैले पनि उनीहरुका फ्यान, दर्शक, चलचित्र क्षेत्र एवं मिडियाको नजर रेखा र कोमलको पक्षमा कति भोट आउला भन्नेमा छ ।

अनलाइनखबरको क्यामेरा भृकुटीमण्डपमा पुग्दा गायिका कोमल वली चुनावी माहोलमा बढी सक्रिय देखिएकी थिइन् । नायिका रेखा थापा पनि चुनावमा सक्रिय नै छिन् । यस्तै, सञ्चारकर्मी प्रकाश सुवेदी, गायिका मिरा राणा समेत चुनावी मैदानमा छन् ।

यसका साथै अघिल्लो महिना लण्डनमा आत्महत्या गरेका र्‍यापर यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले समेत राप्रपाको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका छन् । छोराको लोकप्रियतालाई ‘क्यास’ गर्न खोजेका अम्बिका राप्रपा नेपालका पुरानै नेता हुन् ।

रेखा र कोमलका लागि यो निर्वाचन, आफ्नो लोकप्रियताको मापन गर्ने माध्यम समेत हो । उनीहरु राप्रपाको केन्द्रीय सदस्य पदमा जितेर राष्ट्रिय राजनीतिमा आउने दाउमा छन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment