Comments Add Comment

विक्रम सुब्बाका केही छोकहरू

१. माया  

जाक्कियौ तिमी – कलेजोमा
अझ भित्र हालूँ – दुख्छ !
बाहिर निकालूँ – दुख्छ !

२. घडी

मर्दै जाने समयलाई सुईले
सोहोरेर धमाधम फाल्दै जान्छ
तर बलवान समय लगत्तै
घडीमा समय निरन्तर हाल्दै जान्छ

३. घाउ

जिन्दगीमा माया अचम्मै दुख्ने घाउ रहेछ
झेल्ली जुवाडेले मात्र जित्ने खतरनाक दाउ रहेछ
बेचिसक्थे होलान्, तर
हालसम्म नमिलेको सिरिफ दरभाउ रहेछ
देशको माया छातीभित्र बसेर दुख्ने घाउ रहेछ !

४. पिलो

मेरो मुलुकको अनुहार – काठमाडौंभरि
पिपैपिप खसेको छ
किनभने, एक सेतो दरबार खिल गाडेर
अझै निधारमा पिलो भएर बसेको छ ।

५. परेवा र चील

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
खुला आकाशमा‍‍‍‍‍ दिउँसै
चीलले परेवाको शिकार गर्छ
र त्यो चील ?
… अमेरिकाको राष्ट्रिय पंक्षी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment