Comments Add Comment

कतै निखिलले कन्फ्यूज बनाएका त छैनन् ?


कतै तपाइलाई नायक निखिल उप्रेतीले कन्फ्यूज बनाएका त छैनन् । निखिलका पछिल्ला चलचित्रको प्रचार सामाग्री हेर्ने हो भने पनि दर्शक दोधारमा पर्ने अवस्था सिर्जना भएको छ । कारण, निखिलका अहिले आधा दर्जन चलचित्र प्रदर्शनका लागि तयार छन् भने, केहि चलचित्रको छायांकन भैरहेको छ ।

निखिल अभिनित ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ भने अर्को चलचित्र ‘राधे’ त्यसको २० दिन पछि रिलिज हुँदैछ । जसलेगर्दा, अहिले निखिलका यी दुई चलचित्रको प्रचार सामाग्री एकसाथ बजारमा आइरहेका छन् । कहिले ‘निर्भय’को ट्रेलर त कहिले गीत सार्वजनिक । यस्तै, कहिले ‘राधे’को गीत त कहिले टिजर सार्वजनिक ।

साथमा, निखिलको हाल छायांकन भैरहेका चलचित्रका बिषयमा पनि एकपछि अर्को खबर सार्वजनिक भैरहेका छन् । यसैले यतिबेला प्रश्न यो उठ्छ कि, कतै निखिलको कुन चलचित्र कहिले आउने र कुन चलचित्र छायांकन भैरहेको हो भन्ने कन्फ्यूज दर्शकलाई त भएको छैन । कलाकारले धेरै चलचित्र एकसाथ खेल्दा दर्शक झुक्किने अवस्था सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment