Comments Add Comment

छोराहरुसँग खेल्दा रमाइलो लाग्छः संचिता लुइटेल


एक समयकी चर्चित नायिका हुन्, सञ्चिता लुइटेल । केहि वर्षको विश्रामपछि पूनः अभिनयमा प्रवेश गरेकी सञ्चिता फेरि अभिनयमा सक्रिय हुने योजनामा छिन् । भगवानप्रति भरोसा राख्ने सञ्चिता असाध्यै थोरै समय फेसबुक चलाउने नायिकाको रुपमा चिनिन्छिन् । उनै नायिकासँग अनलाइनखबरले गरेको टि-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठिसकेको हुन्छु ।

उठेपछि के गर्नुहुन्छ ?
नुवाइधुवाई सकेपछि एकछिन पूजा गर्छु तर, धेरै वेर लाग्दैन । त्यसपछि घर नजिकै क्लब छ । त्यहाँ दुई घण्टाजति एक्सरसाइज गर्छु ।

ब्रेकफाष्ट कति बजे ?
ब्रेकफाष्ट त्यस्तै साँढे सात तीर हुन्छ । क्लब जानु छ भने मात्रै हो, नत्र हल्का फलफूल मात्रै लिन्छु ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
एकदमै कम । खै किन हो मलाई फेसबुक चलाउन जाँगरै लाग्दैन । यसो समय हेरेर १० मिनेट जति चलाउँछु ।

तपाईका असाध्यै मिल्ने साथी कति छन् ?
चार जना जति छौं । हामी एक दुई दिनमा भेटेकै हुन्छौं ।

चार मध्ये असाध्यै रिसाहा को छ ?
छ, एकजना । नाम भने नभनौ । अहिले पोखरा गएकाले हामीलाई कुनै तनाब छैन ।

तपाइलाई के गर्दा रमाइलो लाग्छ ?
मलाई बिहानको समयमा एक्सरसाइज गर्दा रमाईलो लाग्छ । साँझपख छोराहरुसँग खेल्दा पनि रमाइलो लाग्छ ।

आजको कार्यक्रम ?
म शिबजीको भक्त हुँ । हाम्रो घर पशुपतिनाथ मन्दिर नजिकै छ, त्यसकारण आज हामी मन्दिर भने जान्नौं । आज अरुको पालो । दिउँसो १२ बजे पण्डित जी आउँछु भन्नु भएको छ । त्यसपछि पूजा हुन्छ । आजको परिकार पुरै भेज हुन्छ । खीर, पुरी, जेरी बनाउँदै छौं । पहिला पहिला शिबरात्रीमा फाष्टिङ हुन्थ्यो, अहिले गुलियो खाइन्छ ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
छ । धेरै पटक हेराएकी छु ।

विश्वास लागेर कि अरुको आग्रहले ?
मलाई विश्वास लाग्छ । विश्वास लागेर नै हेराएको हुँ ।

मन परेको ठाउँ ?
अहिलेसम्म घुमेको मध्ये मलाई त पोखरा नै सबै भन्दा बढी रमाईलो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment