Comments Add Comment

सुदूरपश्चिममा सर्वाधिक राशिको साहित्यिक पुरस्कारको घोषणा

१५ फागुन, कैलाली । सुदूरपश्चिम क्षेत्रमा एक लाख रुपैयाँ राशिको साहित्यिक पुरस्कारको घोषणा गरिएको छ ।

महाकाव्यकार तथा कवि मनिराज जोशीको नामबाट उनका छोराहरु गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोस्यारा जोशीले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कारको घोषणा गरेका हुन् । अक्षयकोषको ब्याजबाट आउने एक लाख नगदको मनिराज बाङ्‌मय राष्ट्रिय पुरस्कार अर्को वर्षदेखि दिइने भएको छ । सुदूरपश्चिममा यो सर्वाधिक राशिको साहित्यिक पुरस्कार हुनेछ ।

धनगढीमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गर्ने परिवार र पुरस्कार सञ्चालन गर्ने संस्थाबीच सम्झौता भएको हो ।

पुरस्कारको सञ्चालन नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले गर्ने भएको छ । सुदूरपश्चिममा रहेर कला-साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने कुनै एक व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

– दीपक उपाध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment