Comments Add Comment

ओलीको दाबीः सरकारले आफ्नै खुट्टामा बञ्चरो नहानेर धर छैन

१५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने चुनावमा आफ्नो पार्टीले असाधारण ढंगले जित्ने दाबी गरेका छन् ।

सरकारले खुसीले नभई बाध्यताले चुनाव घोषणा गरेको उनले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले भने, उहाँहरुले रुचीले, खुसीले चुनाव घोषणा गरेको होइन । एमालेले जित्छ भन्ने थाहा छ, तैपनि चुनाव नगराई भएको छैन ।’

त्रिचन्द्र कलेज खोल्ने बेला चन्द्रशम्शेरले ‘हामीलाई थाहा छ आफ्नै खुट्टामा हान्ने बञ्चरो चलाउँदैछौं’ भनेको स्मरण गर्दै ओलीले भने, जोसुकैको सरकार भएपनि त्यही हो । आफ्नै खुट्टामा बञ्चरो नहानेर धरै छैन ।’

स्थानीय चुनावमा एमालेले जित्ने दाबी गर्दै ओलीले भने, संघीय संसदको चुनावमा एमालेले जित्छ मात्र होइन, असाधारण ढंगले जित्छ, अरुले सिक्छ ।’

एमाले अध्यक्ष ओलीले निर्वाचनमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment