Comments Add Comment

अनमोलको ‘कृ’ भन्दा आनाको ‘ग्याङस्टार ब्लूज’ एक साता अगाडि नै आउने


चलचित्र ‘ग्याङस्टार ब्लूज’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ । यो चलचित्र आउँदो बर्षको भदौ २३ गतेबाट रिलिज हुने चर्चा थियो । तर, अब यो चलचित्रको प्रदर्शन मिति अगाडि सारिएको निर्माता सरोज न्यौपानेले बताएका छन् ।

यो चलचित्र भदौ २ गतेबाट रिलिज हुने भएको छ । उनका अनुसार, नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’को डेट भदौ १६ गतेबाट ९ गते सरेपछि ‘ग्याङस्टार ब्लूज’को डेट पनि सारिएको हो । दुबै चलचित्र युवापुस्ता लक्षित भएका कारण पनि ‘कृ’ भन्दा एक साता अगाडि आफूहरु आउन खोजेको सरोजले जानकारी दिए ।

उनले भने–‘चलचित्र राम्रो भयो भने यसैपनि होल्ड ओभर कायम हुन्छ । यदि, दर्शकको मनोभावना जित्न सकेन भने ‘कृ’ले ओभरल्याप गर्छ । दुबै चलचित्र मुख्यतया मल्टिप्लेक्समा लक्षित हुँदा डीसीएन वितरक रहेको ‘ग्याङस्टार ब्लूज’ले दोश्रो सातामा पनि मल्टिप्लेक्समा शो होल्ड गर्ने दाबी निर्माण टिमको छ ।

हेमराज बीसी निर्देशित यो चलचित्रमा आशिरमान देसराज, आना शर्मा, प्रमोद अग्रहरी, रोजिशा शाही, संयम पुरी लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रको हालसम्म ४० प्रतिशत छायांकन सकिएको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment