Comments Add Comment

‘चक्रव्यूह’ लिएर आए गङ्गाप्रसाद

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको ‘चक्रव्यूह’ कवितासङ्ग्रह बजारमा आएको छ ।

यसअघि निबन्ध, संस्मरण, समालोचना र भाषा-संस्कृति सम्बन्धी ११ वटा पुस्तक निकालिसकेका उप्रेतीको यो बाह्रौं कृति हो । सङ्ग्रहभित्र ०२० सालदेखि पछिल्लो समयसम्म रचिएका २७ वटा कविता समेटिएका छन् ।

तेह्रथुमको आठराईमा स्कूले बेलामै ०१६ सालतिर कविता लेखन सुरु गरेका उप्रेतीका कविता बीसको दशकमै ‘रूपरेखा’, ‘दियालो’, ‘मधुपर्क’, ‘सङ्कल्प’ आदिमा प्रकाशित भएका पाइन्छन् । उतिबेला उनका कविता नेपालभित्र मात्र नभई मेची पारि समेत लोकप्रिय थिए ।

तर, बीसको तीसको दशकको सुरुवातमा राजनीतिक कारणले निर्वासित भएपछि उप्रेतीको कविता लेखन पातलिएको थियो ।

सङ्ग्रह अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment