Comments Add Comment

फल एवं सब्जीमा भएका हानिकारक रसायन कसरी सफा गर्ने ?

स्वास्थ्यका लागि हामी हरियो सब्जी, फलफूल सेवन गर्छौं । तर, हामीले दिनहुँ खाने यि खाद्यपदार्थमा बिषाक्त तत्व पनि हुन्छ । त्यसैले यस्ता खाद्यपदार्थ सेवन गर्नुअघि सतर्क रहनै पर्छ ।

कसरी विषाक्त हुन्छ ? 

व्यवसायिक रुपले गरिएको खेतीमा किटाणु र कीटनासक औषधी बढी नै प्रयोग गरिन्छ । यसरी हामीले खाने सब्जी बिषाक्त बन्छ । सब्जी र फल चम्काउन र धेरै समयसम्म सुरक्षित राख्नका लागि पनि बिभिन्न रसायनको प्रयोग गरिन्छ । फललाई चम्काउन वार्निश जस्ता रसायन लगाइन्छ । खानाको माध्यामबाट हामी त्यही हानिकारक तत्व सेवन गरिरहेका हुन्छौं ।

के हुन्छ असर ?

बिषाक्त खानेकुराको सेवनले हामीलाई दीर्घकालिन रुपमै रोगी र जिर्ण बनाउँछ । यस्ता खानेकुरा खानसाथ फुड प्वाइजनिङको समस्या हुन्छ । शरीरमा बिकारयुक्त तत्वको मात्रा बढ्छ । हाम्रो भित्री अंगलाई क्षति पुर्‍याउँछ । यस्तै खानेकुराको कारण क्यान्सर जस्ता रोग समेत लाग्न सक्छ ।

के छ उपाय ?

धेरैजसो फलफूल, सब्जीलाई ताजा पानीमा सफा गरेर सेवन गर्छन् । यति मात्र पर्याप्त छैन । यसले फलमा चम्काउन लगाएको तत्व जाँदैन । यदि यसलाई खाइयो भने पाचनयन्त्रमा असर पुर्‍याउँछ । त्यसैले बजारमा खरिद गरेर सागसब्जी सेवन गर्नुभन्दा आफैले करेसाबारीमा जैबिक बिधीबाट सागसब्जी उत्पादन गर्नु राम्रो उत्तम हुन्छ ।

खासगरी शहरिय जीवनशैलीमा यो अलि गाह्रो हुनसक्छ । किनभने घर बनाएपछि पर्याप्त ठाँउ हुँदैन, जहाँ सागसब्जी रोप्न सकियोस् । डेरामा बस्नेहरुका लागि त यो थप समस्या बन्छ ।

यद्यपी हामीले स-सना गमलामा पनि सागसब्जी लगाउन सकिन्छ । अहिले त्यस्ता बिधीबारे पनि पर्याप्त अभ्यास भैरहेका छन् । भान्सामा उत्पादन हुने जैबिक पदार्थलाई मलको रुपमा प्रयोग गर्न सकिन्छ । घरको छल, बार्दली आदिलाई यसका निम्ति प्रयोग गर्न सकिन्छ ।

यद्यपी दैनिक व्यस्तताको कारण पनि बजारबाट किनेर सागसब्जी खानुपर्ने बाध्यता धेरैलाई हुन्छ । फलफूल लागि त हामी बजारमै निर्भर रहनुपर्छ । यस्तो अवस्थामा कसरी सागसब्जी, फलफूल सेवन गर्ने त ?

नुनयुक्त पानी

बीरे नुन मिसाएको पानीले सागसब्जी तथा फलफूल सफा गर्दा किटनासक पनि पखालिन्छ । नुन मिसाइएको पानीमा सब्जी एवं फल १० मिनेटसम्म भिजाएर रख्ने । त्यसपछि सफा पानीले पखाल्ने ।

भेनिगर

भेनिगरको सहयोगले किटाणु एवं किटनासकलाई सजिलै सफा गर्न सकिन्छ । पानीमा एक कप ह्वाइट भेनिगर हाल्ने र त्यसमा फल एवं सब्जी पाखल्ने ।

बेकिङ सोडा

वेकिङ सोडाले पनि किटनासकलाई पूर्ण रुपमा सफा गर्छ । ५ गिलास पानीमा ४ चम्चा वेकिङ सोडा मिलाउनुपर्छ, अब यो पानीमा सब्जी र फल १५ मिनेटसम्म डुबाउने ।

बेसारयुक्त पानी

बेसारमा एन्टिब्याक्टेरियल गुण पाइन्छ, जसले किटाणु नष्ट गर्छ । तातो पानीमा केहि बेसार मिश्रण गर्ने । त्यसमा सब्जी एवं फल डुबाइदिने । पछि त्यसलाई सफा पानीले पखाल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment