Comments Add Comment

रिसाएकी नीतालाई फकाउँदै निखिल


नायिका नीता ढुंगाना र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’ अहिले दर्शकको प्रतिक्षामा छ । दर्शकले यो चलचित्रलाई चैत्र ११ गतेबाट हेर्न पाउनेछन् ।

चलचित्रमा समावेश ‘दुनियाँको के भर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव परियार र स्वेच्छा ठकुरीको स्वर छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । रामजी लामिछानेको नृत्य निर्देशन रहेको यो गीतमा रिसाएकी नीतालाई निखिलले फकाइरहेको देख्न सकिन्छ ।

मधुसुदन भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता देविप्रसाद पाण्डे हुन् । चलचित्रमा विकास चापागाँइ, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन छ । चलचित्रमा निखिलको एक्सन अवतारलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment