Comments Add Comment

एमालेको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

२२ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण राजनीतिक अभियानमा अवराध नगर्न मधेसी मोर्चालाई आग्रह गरेको छ । साथै एमालेको पूर्वनिर्धारित कार्यक्रमलाई अवरोध पुर्‍याउने उद्देश्यले मधेसी मोर्चाबाट भएका घटना मानवअधिकारको मूल्यमान्यता विपरीत भएको बताएको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै एमाले सप्तरीका सचिव सचिवशम्भु यादव र सह-सचिव प्रतापनारायण चौधरीमाथि भएको हातपात तथा सांसद रञ्जु ठाकुरको गाडीमा भएको आक्रमणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले भनेको छ, एउटा दलले कार्यक्रम सार्वजनिक गरेपछि विथोलिने गरी अर्को कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन । हिंसात्मक बाटो अपनाउँदा २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई विर्सन सकिदैन ।’

आयोगले कालोमोसो दलेको घटनाबारे छानविन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै आगामी दिनमा हुन सक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न आग्रह गरेको छ ।

मानवअधिकार आयोगले एउटा दलको पूर्व निर्धारित कार्यक्रममा अवरोध हुने गरी अर्को कार्यक्रम नगर्न र यस्ता घटना नदोहोर्‍याउन मधेसी मोर्चालगायत सबै दललाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment