Comments Add Comment

मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ

२४ फागुन, जनकपुर । स्थानीय युवाहरुले जनकपुरस्थित राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन् ।

सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरुले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध नाराबाजी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment