Comments Add Comment

निखिल र प्रियंकाको जोडीका कारण विशेष ‘राधे’


नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले पहिलो पटक पर्दा शेयर गरेको चलचित्र हो, ‘राधे’ । वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रबाट निखिल र प्रियंकाको जोडी जम्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा नायिका अशिष्मा नकर्मी र संचारकर्मी शिशिर भण्डारीको पनि मुख्य भूमिका छ । चलचित्रको पर्दामा जम्दै गरेकी अशिष्मा र कमेडी तथा गम्भिर अभिनयका कारण शिशिरले दर्शकको मन जितिसकेका छन् । चलचित्रका निर्माता सुशिल पोख्रेल हुन् । सुशिल, ‘राधे’लाई फ्रेस कथामा बनेको चलचित्र बताउँछन् ।

चलचित्रका लेखक तथा निर्देशक जगदिश्वर थापा हुन् । निखिलको एक्सन र पि्रयंकासँगको ‘मलाई माफ गरिदेउ’ बोलको गीतले यो चलचित्रको चर्चा सिने वृत्तमा सुनिन्छ ।

निर्माता पोख्रेल भन्छन्-‘दर्शकले चलचित्रमा निखिल स्टाइलको एक्सन त देख्न पाउनुहुनेछ । तर, हामीले गम्भिर कथालाई मन छुने शैलीमा प्रस्तुत गरेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment