Comments Add Comment

सप्तरी घटनाः मोर्चाको धम्कीपछि एमालेका नेता कार्यकर्ता विस्थापित

एमाले समर्थकलाई घरघरमा गएर धम्की दिइयोः सत्यनारायण मण्डल

२५ फागुन, काठमाडौं । राजविराज गोलीकाण्डपछि जिल्लाका एमाले नेता कार्यकर्ताहरु सदरमुकामबाट विस्थापित भएका छन् । मधेसी मोर्चाको धम्की र घर घेराउपछि राजविराज लगायत आसपासका गाउँबाट धेरै नेता कार्यकर्ता विस्थापित भएको एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए ।

उनले प्रहरीले एमालेका कार्यकर्तालाई सुरक्षा दिन नसक्दा घर घरमा गएर मोर्चा कार्यकर्ताले परिवारका सदस्यलाई समेत धम्की आरोप लगाएका छन् ।
एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको रुपनगरस्थित निवासमा प्रहरीले सुरक्षा दिएको छ । जहाँ एमालेको स्थायी कमिटी बैठक बसेर तीन दिनका कार्यक्रम स्थगित गरिएको थियो

जिल्लाका एमाले अध्यक्ष गोविन्द न्यौपाने, सचिव शम्भु यादव, प्रताप नारायण चौधरी लगायतका नेताहरु पनि सदरमुकामबाट विस्थापित भएका छन् ।
सोमवारको कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट गएका कार्यकर्ताहरु बन्द र धम्कीका कारण अलपत्र परेको एमालेले जनाएको छ ।

मोर्चाको केन्द्रीय बैठकले नै मधेसमा एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने निर्णय गरेपछि जिल्लामा एमाले कार्यकर्ता त्रसित बनेका छन् । मण्डलले अनलाइनखबरसँग भने-उनीहरुले सामाजिक बहिस्कार गर्ने भन्दै एमाले समर्थकको घर घरमा गएर धम्की दिइरहेका छन्, जो मान्छे आफैं समाजमा बहिस्कृत छन्, उनीहरुले एमाले कार्यकर्तालाई बहिस्कारको धम्की दिनु भनेको अपराधिक चरित्र हो ।

एमालेका जिल्ला नेताहरु आ आफ्नै ढंगले सुरक्षित स्थानमा रहेको तर सरकारले सुरक्षा दिन नसक्दा एमालेको कार्यक्रममा सहभागी भएर फर्किएकाहरुमाथि आक्रमण गरिएको उनले बताए । सिराहा र धनुषामा पनि एमालेका नेता कार्यकर्तामाथि धम्की दिइएको मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment