Comments Add Comment

मोर्चाका नेताले भने- बन्दुक उठाउँछौं, काठमाडौंको भेट अन्तिम हुनसक्छ

२६ फागुन, काठमाडौं । मधेसी मोर्चाका नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् । उनले त्यसको गृहकार्यमा आफूहरु जुटिरहेको जानकारी पनि दिए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘कांग्रेस र माओवादी केन्द्रलाई यो अन्तिम मौका हो, ७ दिनभित्र हाम्रा ५ बुँदे मागहरु पूरा भएन भने मधेस आधारशिला भएर देशभरि नै जनविद्रोह गर्छौं । त्यसको गम्भिर गृहकार्यमा हामी जुटिसकेका छौं ।’

उनले थपे, ‘काठमाडौंमा हाम्रो यसरी भेट अब अन्तिम हुनसक्छ, हामी राजधानीमा भेट नहुनेगरी मधेस जाँदैछौं ।’

यादवले निर्दोष जनता मधेसमा मरिरहेको भन्दै अब वारपारको लडाईं लड्ने दाबी गरे । आवश्यक परे बन्दुक उठाउन पछि नपर्ने उनले चेतावनी दिए ।
उनले भने, ‘राज्यले दमन गरे, हामीले बन्दुक उठाउनेसम्मको सोच बनाएका छौं ।’

कार्यक्रममा नेकपा एमालेका नेता रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधिको आर्थिक सहयोगमा मधेसी मोर्चाले सप्तरी घटना गराएको आरोप लगाए ।

उनले भने, ‘सप्तरी घटनाका प्रमुख योजनाकार नै गृहमन्त्री निधि हुन्, त्यसैले उनले तत्काल राजिनामा दिनुपर्छ, यो मेरो पार्टीको पनि चाहना हो ।’

उनले भने, ‘सप्तरी घट्ना गौर हत्याकाण्ड योजना अन्तर्गत भएको हो, जसरी गौरमा तत्कालिन एमाओवादी नेताहरुको सामूहिक हत्या गर्ने योजना भएको थियो, त्यसैगरी एमालेका नेताहरुको राजविराजमा हत्या गर्ने षड्यन्त्र भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment