Comments Add Comment

मधेसी मोर्चाद्वारा संसदमा नाराबाजी, सप्तरी र कञ्चनपुरको चर्चा

कञ्चनपुर गोलीकाण्ड रहस्मयः अशोक राई

फाइल तस्वीर

२७ फागुन, काठमाडौं । संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठकमा सप्तरी घटनाका दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका छन् ।

संघीय समाजवादी फोरमका नेता अशोक कुरा राईले बोलिसकेपछि उनीहरुले आ -आफ्नो ठाउँबाट रोष्टम अगाडि आएर सप्तरी घटनाका दोषीमाथि कारवाही माग्दै नाराबाजी गरेका हुन् ।

राईले सप्तरी घटनामा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भएको भन्दै दोषीमाथि कारवाहीको माग गरे ।

राईले कन्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिए पनि भारतीय दूतावासले गोली नचलेको दाबी गरेकाले घटना रहस्यमय भएको बताए । राईले यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे ।

नाराबाजी चलिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नाराबाजीकै बीच संसद चलाइएको भन्दै नियापत्ति गरे । उनले एमालेले बिरोध गर्दा संसद अवरुद्ध भएको भन्दै गर्दा सभामुख ओनसरी घर्तीले उनलाई रोकेर एमाले सांसद प्रेमबहादुर आलेलाई शून्य समयमा बोल्न दिइन् ।

आलेले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिकको हत्या हुँदा सरकार लाचार बनेको भन्दै छानविनको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment