Comments Add Comment

एमाले र मोर्चाका कार्यकर्तावीच भनाभन

२९ फागुन, नवलपरासी । नवलपरासी जिल्लाको बासा बसई भन्ने ठाउँमा एमाले कार्यकर्ताको जुलुस आउँदै गर्दा आइतबार मधेसी मोर्चाका कार्यकर्ताहरु कालो झण्डा लिएर बसेका थिए । दुई पक्षवीच जम्काभेट भएपछि भनाभन र गालीगलौज सुरु भयो ।

एमाले कार्यकर्ताले मोर्चाका कार्यकर्तालाई गाली गरे । दुबैतिरबाट केहीले ढुंगा हान्ने प्रयास पनि गरे । कालोझण्डा बोकेका मोर्चा कार्यकर्ताले पनि केपी ओलीको विरोध गर्दै एमालेको टोलीको विरोध गरे । कसैले ‘ओली चोर’ भनेको सुनियो भने कसैले ‘बिहारी चोर ।’

तर, दुबै पक्षको वीचमा प्रहरीहरु तैनाथ रहेकाले कुनै अप्रिय घटना भएन । प्रहरीले मोर्चाका कार्यकर्तालाई छेकेर एमालेको टोलीलाई अगाडि बढ्न थियो । कालोझण्डा देखाउनेहरुमाथि पनि प्रहरीले बल प्रयोग गरेन ।


त्यसो त शनिबार धगधईमा मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको स्मरण गर्दै शोकसभा आयोजना गरेका थिए । त्यहाँ भाषण गर्नेक्रममा उनीहरुले एमालेलाई नवलपरासीमा छिर्न नदिने बताएका थिए ।

तर, स्थानीय प्रशासनले दिएको जानकारी अनुसार कालोझण्डा देखाउन दिने तर एमालेको कार्यक्रम अवरोध नपुर्‍याउने आन्तरिक सहमति भएकाले सोही अनुसार मोर्चाले पनि प्रदर्शन गर्‍यो र एमाले पनि अघि बढ्यो ।


नवलपरासीको भूमहीमा आयोजित एमालेको सभामा कति मानिस थिए भनेर बताउन गाह्रो छ । दुई/तीन हजार थिए भन्यो भने एमाले कार्यकर्ताहरुले अवमूल्यन गरेको आरोप लगाउने र बढी थिए भन्यो भने मधेसी मोर्चाले एमालेको पक्षमा गलत दाबी गरेको आरोप लगाउने अप्ठ्यारोमा स्थानीय सञ्चारकर्मीहरु छन् ।

तर, भूमहीको एमाले कार्यक्रम शान्तिपूर्ण रुपमै सम्पन्न भएको थियो । त्यसपछि एमालेको टोली रुपन्देहीतिर लाग्यो ।

धकधई क्षेत्र सामान्यतः मधेसी मोर्चाको प्रभाव रहेको ठाउँ हो । एमालेको कार्यक्रमलाई लक्षित गरेर बन्दको आयोजना गरेका मोर्चाका कार्यकर्ताअरु आइतबार धकधईमा भेला भएर नाराबाजी गरिरहेका देखिन्थे । तर, एमालेले सो बाटो प्रयोग नगरेर मुख्य राजमार्गको बाटो समातेका कारण त्यहाँ कुनै झडप हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment