Comments Add Comment

एमाले कार्यकर्ता बोक्ने गाडीलाई मोर्चाको अवरोध, एक यात्रु बसमा आगजनी

एमालेलाई लक्षित गरी मधेसी मोर्चाले बाँके बन्द गरेको छ । तस्वीर: कमल प्रसाईं/अनलाइनखबर

१ चैत, नेपालगञ्ज । नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।

यसअघि आमसभास्थल रामलीला मैदानमा गर्ने तयारी गरिएको थियो । तर, त्यसलाई सारेर सडक डिभिजन कार्यालयमा आमसभा आयोजना गरिँदैछ ।

एमाले बाँकेले भने रामलिला मैदानमा ठाउँ साँघुरो हुने भएकाले सडक डिभिजन कार्यालयको मैदानमा गर्न लागिएको जनाएको छ । सुरुदेखि नै सडक डिभिजनको मैदानमै कार्यक्रम गर्ने तय भएकाले स्थान परिवर्तन नगरिएको एमालेको भनाइ छ ।

बन्द उलंघन गरेको भन्दै बसमा आगजनी

मधेसी मोर्चाले एमालेको आमसभालाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्द आह्वानसमेत गरेको छ । लामो दुरीका गाडीहरु नचले पनि ई-रिक्सा लगायत साना सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।

आमसभाका लागि बिभिन्न क्षेत्रबाट सर्बसाधारणलाई गाडीहरुमार्फत् ओसारिएको छ । सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका गाडीहरुलाई भने मधेसी मोर्चाका कार्यकर्ताहरुले रोकेका छन् । मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै उढरापुरमा भे १ ख २०४२ नम्बरको बसमा आगजनी गरेका छन् ।

मधेसी मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment