Comments Add Comment

मधेसी मोर्चालाई नेम्वाङको चुनौती- ‘दम्भी’ एमालेलाई चुनावबाटै ठेगान लगाउनुस्

१ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनलाई चुनावसँग जोड्न मधेसी मोर्चालाई आग्रह गरेका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै नेम्वाङले संविधान संशोधन विधेयकलाई थाती राखेर चुनावमा हामिनु र्पोमा जोड दिए ।

नेम्वाङले बोल्नु अघि मधेसी मोर्चाका नेताहरुले संसद बहिस्कार गरेका थिए । सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले एमालेले मधेसी समुदायलाई अपमानित गरेको र दम्भ देखाएकाले विरोध गरेको बताएका थिए ।

लगतै बोलेका नेम्वाङले त्यसको जवाफ दिए । पूर्व सभामुख समेत रहेका नेम्वाङले भने, कतिपय साथीहरुलाई एमाले जिद्दी भन्ने लागेको छ, दम्भी भन्ने लागेको छ । त्यही कुरा जनताको विचमा राखिदिनुस्, दम्भीलाई जनताले ठीक निकर्षमा पुर्‍याउनेछन् । हामी त्यो स्वीकार गर्न तयार छौं ।’

मधेस केन्द्रीय दलहरुको आन्दोलन र अभियानबारे आफ्नो कुरा भएपनि आज भन्दिनँ भन्दै नेम्वाङले भने, म यति आग्रह गर्न चाहन्छु, अब तपाईहरुले निर्णय गर्ने बेला भयो । आफ्नो आन्दोलनलाई निर्वाचनजसाग जोड्नुस् । निर्वाचनको आन्दोलनमा होमिनुस् । निर्वाचनबाट तपाईहरुले दम्भी भनेको, जिद्दी भनेको एमालेलाई ठेगान लगाउनुस् ।’

वैशाख ३१ गते स्थानीय चुनाव गरेर प्रदेश र केन्द्रको चुनाव गर्नु पर्नेमा उनले जोड दिए ।

जनता, संविधान र सिस्टम हार्न नहुने भन्दै उनले भने, ‘जनताले तिमी हार्नुपर्छ भन्ने भने हार्न आफूहरु तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment