Comments Add Comment

आमिरको बर्थ डेमा गुपचुप पुगे शाहरुख

बलिउडमा नयाँ-नयाँ किर्तिमान राख्ने आमिर खानको बर्थ डे पार्टी भव्य नहुने कुरै भएन । मंगलबार १४ मार्चमा मिस्टर प्रफेक्नस्टले आफ्नो ५२ औं जन्मदिन मनाउँदै गर्दा शाहरुख खान टुप्लुक्क देखा परे, मध्यराततिर । उनी गुपचुप रुपमा त्यसरी आउँछन् भन्ने उपस्थित पाहुनालाई सायद थाहा थिएन, त्यसैले उनीहरु आश्चर्यमा परे ।

आफ्नो जन्मदिनको अवसरमा आमिरले दिएको पार्टीमा पूर्व पत्नी रीना दत्त पनि देखा परिन् । रीनातर्फकी छोरी इरा खान लगायत साथै महावीर सिंह फोगाट र उनकी छोरी गीता र बबिता पनि आमिरलाई शुभकामना दिन उपस्थित भए, जो हालै प्रदर्शित ब्लकवस्टर ‘दंगल’का वास्तविक पात्र हुन् ।

आमिरले मंगलबार १४ मार्चमा आफ्नो ५२ औं जन्मदिन मनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment