Comments Add Comment

मधेसी मोर्चाका चार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए


३ चैत, काठमाडौं । मधेसी मोर्चासम्वद्ध थप चार दलले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएका छन् ।

तमलोपा, सदभावना, रामसपा र फोरम गणतान्त्रिकका नेताहरुले समर्थन फिर्ताको लिखित पत्र संसद सचिवालयमा बुझाएका छन् ।

मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालले बुधबार नै समर्थन फिर्ताको पत्र सभामुखलाई बुझाएको थियो ।

सरकारले संविधान संशोधनमा आनाकानी गरेको, स्थानीय चुनाव स्थगितको घोषणा नगरेको, मधेसका जनतालाई दमनकारी नीति अंगालेको लगायतका कारण देखाउादै मधेसी मोर्चामा आवद्ध दलहरुले समर्थन फिर्ताको निर्णय गरेका छन् ।

यद्यपी मोर्चामा आबद्ध दलहरुले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा भने पर्ने छैन । मोर्चामा आबद्ध दलहरुको सांसद संख्या ३९ छ ।

मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका सबैभन्दा धेरै १५ सांसद छन् । यसैगरी तमलोपाका ११, सदभावना पार्टीका ५, तराई मधेस सदभावना पार्टीका ३, तराई मधेस समाजवादी पार्टीका ३, फोरम गणतान्त्रिकको १ र नेपाल सदभावना पार्टीको १ गरी जम्मा ३९ सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment