Comments Add Comment

नोकियाका दुई नयाँ स्मार्टफोन आउँदै

नोकिया ब्राण्डको स्वामित्व लिएको कम्पनी एचएमडी ग्लोबलले नोकियाका थप दुई नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ ।

नयाँ स्मार्टफोनको नाम नोकिया सेभेन र नोकिया एट हुने बताइएको छ । दुबैमा नोकिया सिक्समा भन्दा शक्तिशाली स्पेसिफिकेसन्स हुनेछन् ।

नोकिया पावर युजर नामक वेबसाइटका अनुसार स्मार्टफोन्स मिड रेन्ज सेगमेन्टमा दुुबै स्मार्टफोन लञ्च गर्ने तयारी छ ।

नोकिया सेभेन र एट दुुबैमा क्वालकोम स्नापड्रागन ६६० प्रोसेसर हुनेछ । पहिलोको डिस्प्ले रिजोलुसन फूुल एचडी १०८० गुुणा १९२० पिक्सेल हुनेछ भने अर्कोको क्वाड एचडी १४४० गुणा २५६० पिक्सेल हुनेछ ।

रिपोर्ट अनुसार दुबै स्मार्टफोनमा मेटल बडी हुनेछ । क्यामराको डिजाइन फरक रहनेछ । दुबैमा फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोग हुनेछ । दुुबैमा फिंगरप्रिन्ट सेन्सर रहनेछ ।

दुबै स्मार्टफोनमा क्यामरा पनि उत्कृष्ट रहनेछ । नोकिया एटमा कार्ल जेसिस लेन्स हुनसक्नेछ ।

एचएमडी ग्लोबलले अहिलेसम्म नोकिया थ्री, नोकिया फाइभ र नोकिया सिक्स लन्च गरिसकेको छ । र अब उसले आफ्नो फ्लागसिप स्मार्टफोन पनि लञ्च गर्नेछ । एप्पल, गुगल तथा सामसुुंगको ट्रेण्ड फलो गर्दै उसले फ्लागसिपलाई २ भेरिएन्टमा प्रस्तुत गर्नेछ । फ्लागसिप डिभाइसमा क्वालकोम स्नापड्रागन ८३५ प्रोसेसर हुनेछ । एउटामा ४ जिबी तथा अर्कोमा ८ जिबीको र्याम हुनेछ ।

नोकिया एटमा डुुअल ब्याक क्यामरा सेटअप हुनेछ । जसमा एउटा सेन्सर क्यामरा २३ मेगापिक्सेलको हुनेछ । नोकिया एटको मूल्य ४५ सय युआन अर्थात् झण्डै ६८ हजार रुपैयाँ तथा नोकिया सेभेनको मूल्य ४ हजार युआन अर्थात् ६० हजार रुपैयाँ हुनसक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment