Comments Add Comment

एनआरएन सम्मेलनमा गभर्नरले भने- नेपालमै लगानी गर्नुस्

क्वालालम्पुर । नेपाल राष्ट्रबैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले गैरआवासीय नेपालीहरुलाई नेपालमै लगानी गरी रोजगारी सृजना गर्न आहृवान गरेका छन् ।

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई मलेसियाको क्वालालम्पुरमा सम्बोधन गर्दै गभर्नर नेपालले एनआरएनले नेपालमै लगानी गर्न चाहे राष्ट्रबैंकले सक्दो सहयोग गर्ने बचन दिए ।

‘नेपालमा लगानीको अवसर धेरै छ । बैंकहरुले बिभिन्न क्षेत्रका लागि छुट्याएको रकम पनि यत्तिकै थन्किरहेको छ ।’ गभर्नरले भने, ‘नेपालीहरु उमेर पुगेपछि बिदेशिने क्रम बढ्दा मुलुकको बिकासमा चुनौति देखियो, त्यसलाई रोक्न एनआरएनलाई आहृवान गर्छु ।

‘अन्य मुलुकहरुमा कसरी रोजगारी सृजना गर्ने भन्ने चिन्ता हुन्छ तर हाम्रो मुलुकमा भने जवान भयो कि बिदेश जाने प्रक्रिया सुरु हुन्छ ।’

सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपाली राजदूत डा निरन्जनमान सिंह वस्न्यातले श्रमिकको हित हुने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको वताए ।

‘कुनै नेपाली दुख पाएँ नेपाल र्फकन्छु भनेर आउँछ भने मलेसियामा रहेका सबै नेपालीलाई समेत नेपाल पठाउन दूतावास तयार छ ।’ उनले वैदेशिक रोजगारीमा हुने ठगीलाई रोख्नको लागि मुहानवाटै सफा हुनुपर्नेमा वताए ।

कार्यक्रम विधिवत रुपमा आइतवारसम्म चल्ने छ । भेलामा सहभागी हुन १५ देशका करिव २ सय जनाको सहभागिता छ । अधिकाश सहभागीहरु मलेसिया आइसकेका छन् ।

यसैगरी गैरआवासीय नेपाली संघको आयोजनामा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि मकाउले जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई हराउँदै मकाउको टोलीले १० लाख येन पुरस्कार जितेको छ । मलेसियाको टोलीले ३ लाखमा चित्त बुझाएको छ । खेलको एनआरएन अध्यक्ष शेष घलेले उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment