Comments Add Comment

आमेषको बारेमा सुन्नै चाहन्नन् नीता, १० लाख पारिश्रमिकको डिमाण्ड


नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट देशभर रिलिज हुँदैछ । यो चलचित्रमा नीता नायक निखिल उप्रेतीकी पत्नीको भूमिकामा देखिएकी छिन् ।

चलचित्रको बिषयमा कुरा गर्दै नीताले भनिन्-‘यो चलचित्रमा म निखिलकी पत्नीको भूमिकामा छु । तर, सो पिसको रुपमा होइन । पतिलाई देशको लागि काम गर, म घर सम्हाल्ने काम गर्छु भन्ने पत्नीको भूमिकामा दर्शकले मलाई हेर्न सक्नुहुनेछ ।’

यो चलचित्रमा निखिल प्रहरी अफिसर्सको भूमिकामा छन् । निखिल उप्रेतीसँग डान्स गर्न आफूलाई खासै गाह्रो नभएको नीताको भनाई छ ।

‘भो आमेषको कुरै नगर्नुहोस्’
केहि महिना अघिसम्म नव-नायक आमेष भण्डारी र नायिका ढुंगाना प्रेममा थिए । तर, यी दुई अहिले अलग मात्र भएका छैनन्, एक अर्काको नाम समेत सुन्न चाहन्नन् । तपाई रियल लाइफमा निखिल जस्तो देशभक्त पति चाहनुहुन्छ कि जीवन लुइटेल जस्तो रोमान्टिक ? मिडियाको यो प्रश्नमा नीताले भनिन्-‘म दुबै चाहन्नँ । यो फिल्मी कुरा हो । रियल लाइफमा त मलाई वुझ्ने, मेरो कामलाई वुझ्ने, सम्मान गर्ने, माया गर्ने यूवक म चाहन्छु ।’ उसो भए आमेष भण्डारीमा यो गुण थिएन, मिडियाको यो प्रश्नमा नीताले भनिन्-‘हजुर, म यो कुरा अचेल सुन्दै सुन्दिनँ ।’

१० लाख पारिश्रमिकको डिमाण्ड
नेपालमा एउटा चलचित्रमा मात्र काम गरेर नायिकाहरुलाई जीवन जिउन सक्ने अवस्था नभएकाले म्यूजिक भिडियोमा पनि काम गरिरहेको नीताको भनाई थियो । नीताको यो कुरापछि मिडियाले उनलाई सोध्यो, तपाई एउटा चलचित्रमा कति पारिश्रमिक पाएको खण्डमा अरु कुनै पनि काम गर्नुहुन्न र बर्षमा एउटा मात्र चलचित्र खेल्नु हुन्छ । यसमा नीताले भनिन्-‘मलाई १० लाख एउटा चलचित्रबाट पारिश्रमिक मिल्ने हो भने अरु चलचित्रमा काम गर्दिनँ, भिडियो पनि खेल्दिनँ ।’

फिल्म नचल्नुमा नायिकाको हात हुँदैन
नेपालमा नायक केन्दि्रत चलचित्र बनेको बन्दै नीताले चलचित्रको असफलताको दोष नायिकालाई दिन छाड्नुपर्ने बताइन् । उनले भनिन्-‘यहाँ त्यस्ता धेरै नायिकाहरु छन्, जसलाई चलचित्र असफल भएपनि खासै फरक परेको छैन । उहाँहरुले काम पाई नै रहनुभएको छ । यसैले, चलचित्र असफल भएर नायिकालाई ठूलो फरक पर्दैन ।’

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment