Comments Add Comment

अनौठो गाउँ, जहाँ प्लास्टिकका बोतलबाट बनाइँदैछ घर (फोटो फिचरसहित)

ढुुंगा, इँटा, काठ, सिमेन्ट, बालुवा, फलाम इत्यादि निर्माण सामाग्रीबाट घर बनिरहेको कुरा त नौलो होइन र समाचारको विषय बन्ने कुरा पनि भएन । तर जब पूरै गाउँभरी प्लास्टिकका बोतलले बनेका घर ठडिन थाल्छन् तब त्यो ठूलै समाचारको विषय बन्दोरहेछ ।

मध्य अमेरिकी देश पनामामा एउटा यस्तो गाउँको निर्माण हुँदैछ जहाँका सबै घर प्लास्टिकका बोतलबाट बनेका हुनेछन् ।

पर्यावरणका लागि हानिकारक मानिन्छ प्लास्टिकका बोतललाई । फोहोरको अधिक हिस्सा यस्तै प्लास्टिकका बोतलको हुने गरेको छ । नकुुहिने अर्थात् नसड्ने र पर्यावरणमा सयौँ वर्षसम्म रहिरहने भएकाले प्लास्टिकका बोतलले वातावरण नराम्रोसँग बिगार्छन् भने जलाएर नष्ट गर्दा समेत वायुु प्रदुुषण हुने गर्दछ ।

यहीँ तथ्यलाई दृष्टिगत गर्दै पनामामा प्लास्टिकका फ्याँकिएका बोतलको वैकल्पिक प्रयोग गर्ने नयाँ उपाय निकालिएको छ ।

८३ एकड क्षेत्रफलमा बोतल भिलेज नामबाट एक गाउँ निर्माण भइरहेको छ, जुन परियोजना अब निकट भविष्यमै पूरा हुनेवाला छ ।

झण्डै १४ हजार प्लास्टिक बोतलबाट एउटा घर बनाउन सकिन्छ । गाउँमा प्लास्टिकका झण्डै १२० घर बनाइनेछ । त्यसका साथै सामुुदायिक केन्द्र, पभेलियन तथा बगैँचा पनि बनाइनेछ ।

मजबुुतीको मामिलामा यी घर बनाउनमा कुनै सम्झौता गरिनेछैन । घरहरु निकै बलियो हुनेछन् । प्लास्टिकका घर भएका कारणले गर्दा यी बातानुुकुलित पनि हुने र गर्मीको समयमा अरु आम घरको तुुलनामा यी घरभित्रको तापमान निकै कम हुुने भएकाले एसीको प्रयोग गर्नुनपर्ने दाबी गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment