शनिबार, ७ असोज, २०७४
OnlineKhabar.com

महिला सांसदको प्रस्तावः पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना !

अनलाइनखबर

काठमाडौं । अमेरिकामा टेक्ससका महिला नेताले पुरुषले हस्तमैथुन गरेर १०० डलर जरिवाना गर्ने प्रस्ताव राखेका छन् । यो प्रस्तावमा अस्पताल वा क्लिनिकको अनुमतिते गरिने हस्तमैथुनलाई भने अलग राखिएको छ ।

जेसिका फर्रार डेमोक्रेट सांसद हुन्, जसले दुई साता अघि हाउस अफ रिपि्रजेन्टेटिभमा यो प्रस्ताव दर्ता गराएकी छन् । उनलाई थाहा छ कि यो कानुन सजिलै बन्दैन किनकी टेक्ससमा हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको नियन्त्रण छ र, गर्भपतनलाई दिएर कडा कानुन बनेको छ ।

तर, उनले भनेकी छन् कि नजन्मिएका बच्चाको सुरक्षा हरेक रुपमा हुनुपर्छ । उनले यो विधेयकमा भनेकी छन्, यदि कुनै व्यक्तिले स्त्रीको योनीभन्दा बाहिर विर्य निकाल्छ भने यो नजन्मिएका बच्चाको विरुद्ध कदम हो ।

उनकाअनुसार हेल्थ केयर कानुनको नाममा महिलालाई दुःख दिइएको छ, जबकी पुरुषलाई यस्तो कानुन छैन । यसमा उनले गर्भपतनको जिकिर गरेकी छन् ।

कामुकताको वर्गिकरण गर्दै उनले भनिन्, ‘योनी बाहिर शुक्राणु निकाल्नु नजन्मिएको बच्चाविरुद्ध कारबाही हो । यो जीवनलाई पवित्र बनाई राख्न असफलता हो ।’

यो विधेयक कतिपयलाई मजाक लागेको भन्दै उनले भनिन्, ‘टेक्ससमा जो महिला हरेक दिन सामना गरिरहेका छन्, यो कुनै मजाक होइन । यहाँका सांसदले महिलाका लागि स्वास्थ्य सुविधाका लागि निकै कठिन बनाएका छन् ।’

२०७३ चैत ६ गते १२:४४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • criketor लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १८:२१

    योनी बाहिर शुक्राणु निकाल्नु नजन्मिएको बच्चाविरुद्ध कारबाही हो

    Yoni pani upalabdha garayo bhane ta tanta nai saaf, hoina ra ??

    yoni napayera nai mathi ko ghatana ghatne ho.

    22
    4
    Share

  • RAJ लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १९:००

    Tyaso vaye Aaimai haru pani Mahinawari hunu napaune… mahinawari vayo ki 100$ Fine.

    2
    3
    Share

  • छितिज अधिकारी लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:२१

    तेसो हो भने पुरुषले भनेको मान्न पर्‍योनी । खाली ल्याङ ल्याङ गर्नी अनी कहाबाट हुन्छ ब्यामान ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this