Comments Add Comment

५ बिमा कम्पनीको आयो नयाँ बोनस दर, कुनबाट पाइन्छ बढी ?

६ चैत, काठमाडौं । सञ्चालनमा रहेका ९ जीवन बीमा कम्पनीमध्ये ५ कम्पनीका ग्राहकले २०७२/७३ को लागि पाउँने बोनस दर सार्वजनिक भएको छ । यसपटक गुराँस लाइफ र एशियन लाइफका बीमीत (बीमा गर्ने ग्राहक)ले केहीबढि बोनस दर पाउँने भएका छन् ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सका ग्राहकले न्युनत्तम ३५ देखि ८२ सम्म बोनस दर पाउँने भएका छन् । यसअघि कम्पनीले अधिकत्तम ८० रुपैयाँसम्म बोनस दर दिदै आएको थियो । कम्पनीले सावधिक र आजीवन बीमा अन्तरगत २५ वर्ष वा सोभन्दा माथी अवधिको योजनामा ८२ प्रतिशत बोनस दर तोकेको हो ।

गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले आव २०७१/७२ मा बीमा योजना अनुसार न्युनत्तम ३२ देखि ७० प्रतिशत बोनस दर घोषणा गरेको थियो । तर आव २०७२/७३ को लागि २९ देखि ७६ प्रतिशतसम्म बोनस दर तय गरेको छ । सावधिक जीवन बीमा अन्तरगत २५ वर्ष वा सोभन्दा माथी अवधिको योजनामा ७६ प्रतिशत बोनस दर तोकेको हो । यता नगद फिर्ता योजनामा भने यसअघि न्युनत्तम ३८ देखि ४२ प्रतिशत बोनस दिएको कम्पनीले २९ देखि ३४ प्रतिशत तोकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

केही वर्षदेखि सबैभन्दा धेरै बोनस दिदै आएको नेपाल लाइफलाई यसपटक भने एशियन लाइफले चुनौती दिएको हो । नेपाल लाइफले यसवर्षपनि अघिकत्तम ८२ प्रतिशत बोनस दर तोकोको छ । कम्पनीले न्युनत्तम भने ६२ बोनस दर दिएको छ ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सका ग्राहकले भने पुरानै दर अनुसार २०७२/७३ मा पनि बोनस पाउँने भएका छन् । कम्पनीले योजना अनुसार न्युनत्तम ३५ देखि ६० प्रतिशतसम्म बोनस दर तोकेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन

लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७२/७३ मा पनि योजना अनुसार ६१ देखि ७५ सम्म बोनस दर दिने भएको छ । सावधिक जीवन बीमा (जीवन आनन्द योजना सहित) मा २५ वर्ष वा सोभन्दा माथीको अवधिमा ७५ प्रतिशत बोनस दर दिने भएको हो ।

के हो बोनस दर ?

जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै बोनस दर हो । बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ । माथी एशियन लाइफको उदाहरण अनुसार २५ वर्ष भन्दा माथी अवधिको बीमा गर्नेले आव २०७२/७३ मा प्रतिहजार ८२ रुपैयाँ बोनस पाउँने भएको हो ।

बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ । कम्पनीले पाउने सबै पुँजी स्रोतमा उसले तिर्न पर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् । मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १० रुपैयाँ उब्रन्छ भने त्यो १० रुपैयाँ मध्ये ९ रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १ रुपैयाँ सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश )पाउँने हो ।

 

यो पनि हेरौं : बुझ्नुस् बीमाको लाभः सबै योजनामा जीवन बीमा गरेको पैसा दोब्बर हुँदैन

बीमाका प्रकार :
नगद फिर्ता योजना :

बीमा गर्ने व्यक्ति (बीमित) ले गरेको कुल बीमा रकम (बीमांक रकम) बीमा अवधि नहुँदै निश्चित समयको अन्तरालमा फिर्ता दिदै जाने योजनालाई नगद फिर्ता बीमा योजना भनिन्छ । यस्तो बीमा गरेको बीमितको बीमा अवधि नसकिदै मुत्यू भएमा उसको परिवार वा तोकिएको व्यक्तिलाई पुरै बीमांक रकम र पाकेको बोनस दिइन्छ । यता, बीमा अवधिभर बीमित जीवित रहेमा बीचबीचमा भुक्तान गरेर बाँकी रहेको बीमांक रकम र बोनस दर दिइन्छ ।

सावधिक जीवन बीमा योजना:

तोकिएको अवधिसम्म बीमा शुल्क तिरेका ग्राहकले बीमांक रकम र एकमुष्ट बोनस पाउँने योजना हो । बीमितको बीचमा मुत्यु भएमा बीमांक रकम र सो समयसम्म पोकेको बोनस उसले इच्याएको व्यक्तिले प्राप्त गर्नेछ ।

सावधिक र आजीवन बीमा योजना :

तोकिएको अवधिपछि बीमांक रकम र एकमुष्ट बोनस पाउँने यो योजना त्यसपछि पनि निरन्तर रहन्छ तर बीमा शुल्क तिर्नुपर्दैन् । बीमाको अवधि सकिएपछि पनि बीमितको मुत्यु भएमा यो योजना अनुसार परिवारलार्ई पुरै बीमांक रकम तिरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment