Comments Add Comment

दुई दर्जन प्रेमकथाको ‘पर्फ्युम’ बजारमा

काठमाडौं । समकालीन लेखनमा क्रियाशील दुई दर्जन लेखकहरुको प्रेमकथा सङ्कलित ‘पर्फ्युम’ सङ्ग्रह बजारमा आएको छ ।

पुस्तकमा आख्यान क्षेत्रमा स्थापितदेखि नयाँ पुस्ताका गरी २४ लेखकका २४ वटा कथा समेटिएका छन् । कथाहरुको सङ्कलन र सम्पादन राजकुमार बानियाँ र दीपक सापकोटाले गरेका हुन् ।

प्रकाशन संस्था इन्डिगो इन्कले पुस्तकमा कथाकारको रुपमा चिनिएका मात्र नभई साहित्यका अरु विधामा लेख्ने नयाँ-पुराना लेखकलाई पनि समेटेको जनाएको छ । संस्थाका अध्यक्ष विष्णुकुमार पौडेलले भने, ‘फरक स्वाद पस्किनका लागि विभिन्न लेखकलाई एकै ठाउँमा ल्याएका हौं ।’

पुस्तक बजारमा गइसके पनि आगामी साता औपचारिक कार्यक्रम गरेर लोकार्पण गरिने भएको छ ।

सङ्ग्रहमा कुमार नगरकोटी, नयनराज पाण्डे, अभय श्रेष्ठ, अमर न्यौपाने, विनोदविक्रम केसी, अश्विनी कोइराला, ऋचा भट्टराई, मनिषा गौचन, श्याम साह, लेनिन बञ्जाडे, अशोक सिलवाल, गणेशकुमार राईको कथा सङ्ग्रहित छ । यसका साथै सुबिन भट्टराई, मनोज दाहाल, नवीन विभास, उमा सुवेदी, दिनमान गुर्मछान, विमल आचार्य, बच्चु विक, मुनाराज शेर्मा, निरुपा प्रसून, राजु स्याङ्तान, रिविन र योगेश ढकालका कथा पनि पढ्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment